-किशोर तामाङ ।
१२ असोज, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा एन.एन. एस. डब्लु. ए. र मर्सीकोप नेपालको समन्वयनमा एमरेड परियोजना अन्तर्गत पुनवरिस नगरपालिका भित्र रहेका नदी तटीय क्षेत्रमा बगर खेतीका रूपमा उखु खेतीलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ बाढी प्रभावित समुदायहरूमा बाढीको जोखिम घटाउन तथा आय आर्जनमा आम्दानी बढाउनका लागि पुनर्वास नगरपालिका वडा नम्बर ५,७,८ र ९का उखुु कृषक समुदाय संग अन्तक्रिय कार्यक्रम सञ्चलन गरिएको छ ।
बिगत केही बर्ष देखी नगदी बालीको रुपमा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा उखुु खेती ,धान खेती र गहुुँ खेती प्रति आकर्षित बनेका किसानहरु भागेश्वर सुुगर मिल स्थापन पश्चात अधिकाश कृषकहरुले उखुु खेतीलाई आफ्नो मुख्य बालीको रुपमा अगालेका छन ।
तर गत साउनमा आएको बाढीले धानबाली र उखुबारी डुबान भएपछि पुर्नवासका किसानहरुको धान बाली र उखुबाली कुहिएर गएकोछ । पुनर्वासका सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढी धानबाली सुकेर र कुहिएर सखाप भएको छ । धानमात्रै होइन, उखुसमेत सुकेको छ ।
अहिले आएर ढु्वान हुन बाट जोगिएका उखुुमा समेत रोग लाग्न थालेपछि कृषकहरु चिन्तित बनेका छन । एन. एन. एस. डब्लु .ए. र मर्सीकोप नेपालको समन्वयनमा एमरेड परियोजना अन्तर्गत पुनवरिस नगरपालिका भित्र रहेका नदी तटीय क्षेत्रमा बगर खेतीका रूपमा उखु खेतीलाई प्रवर्द्धन कसरी गर्न सकिन्छ भनी भूमिगत कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश, कृषि ज्ञानकेन्द्र कञ्चनपुर ,पुनर्वास नगरपालिका कृषि विकास शाखा र भागेश्वर चिनि मिल द्वारा सयुक्त रुपमा फिल्ड भ्रमण गरि समुदायमा उखुु वालिमा देखिएका समस्या र रोग जन्य किरा रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायको भुमिका बारे छलफल गरिएको थियो ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा विभिन्न नदी तटीय क्षेत्रमा बगर खेतीका रूपमा उखु खेतीलाई प्रवर्द्धन गरिरहेको छ । पुनर्वास नगरपालिकामा पनि बर्षेनी दोदा नदिले उर्वरा भुमी कटानी तथा पटानी गरि सयौ बिगाह जमिन बगरमा परिणत गरिदिएको छ ।
तसर्थ उक्त बगर तथा नदी किनारामा उखु खेती मार्फत बाढी नियन्त्रण गर्न मद्दत पुग्ने र उखुबाट समुदायको आम्दानी समेत बढ्ने भएकाले बाढी प्रभावित क्षेत्रमा उखु खेतीलाई प्रवर्द्धन गर्न यो कदम चालिएको मर्सिकोप ईकोनोमिक रिसिलेन्स एडभाईजर सन्तोष पनेरुले बताउनुुभयो ।
उहाँका अनुसार परियोजना कार्य क्षेत्रमा भइरहेको नदी कटानी रोकथाम र नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूसँगको समन्वय र सहकार्यमा कार्यक्रम लागु भइरहेको छ । बाढी प्रभावित समुदायहरूमा बाढीको जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि उखु खेतीलाई प्रवर्द्धन गरिएको हो ।
जसको परिणाम स्वरूप नदिले कटानी तथा पटानी गरिरहेको बगर तथा नदी किनारामा उखु खेती मार्फत बाढी नियन्त्रणमा मद्दत पुग्ने र उखुबाट समुदायको आम्दानी समेत बढ्ने बिश्वास लिइएको मर्सिकोप नेपाल कञ्चनपुरका ईकोनोमिक रिसिलेन्स एडभाईजर पनेरुले जिकिर गर्नुुभयो ।
पुनर्वासमा उखुको व्यावसायिक खेतीमा लागेका किसानका समस्या एउटा मात्रै छैन, अनेक छन् । किसानहरूले खेती गर्ने बेला नै मलखाद, बिउ, सिँचाइका समस्याहरु झेल्नु परिरहेको छ । त्यसै माथि साउन २२ गतेदेखिको अविरल वर्षाले किसान माथि बज्रपातनै ल्याईदियो । साउन २५ गतेसम्म डुबान भएपछि पुनवासका किसानहरुको धान बाली र उखुबाली कुहिएर सुक्यो ।
पुनर्वासका सिमरी, उद्री, परासन र दोदा नदी किनारकै पाच सय बिघाभन्दा बढी धानबाली सुकेर र कुहिएर सखाप भएको हो । धानमात्रै होइन, उखुसमेत सुकेको छ । किसानको आशंका नजिकैको चिनी मिलमाथि रहेकोछ । नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान र उखुु सुकेको किसानहरुको आशंका छ ।
सुगर मिलमा मदिरा बनाउन प्रयोग हुने केमिकल बाढीका बेला बगेको हुन सक्ने उनीहरूको भनाइ छ । अहिले आएर बाकी बाँचेका उखुबालीमा समेत उखु रातो हुने किरा लागि सुक्ने रोग देखा परेको छ । महँगो मूल्यमा मल किनेर खेती गरेको बालीमा उत्पादन लिने समयमा रोग देखापरेपछि कृषकहरु चिन्तित बनेका छन ।
नगर कृषि बिकास शाखाले पुनर्वासमा साउन अन्तिम साताको बाढीपछि दोदा नदी किनारमा पर्ने पुनर्वास–५ ,७ ,८ र ९ मध्ये ५ र ७ मा ठूलो मात्रामा धानबाली र उखुुबालीमा क्षति पुगेको जानकारी दिनुुभयो । बिगतमा यस्तो कहिल्यै भएको थिएन तर हाल पानी जमेको ठाउँमा धान मात्रै होइन, घाँसपातदेखि उखुबाली समेत नष्ट भएका छन् । धान र उखु बाली नष्ट भएसँगै त्यहाँका किसान चिन्तित छन् ।
किसानको आशंका नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान र उखुु सुकेको किसानहरुको अरोप छ । तर रिपोर्ट नआए सम्म केही भन्न सकिन्न । उक्त क्षेत्रमा कुनै पनि किसानले बाली बिमा गरेका छैनन् ।
करिब ५ सय बिघा बढी क्षेत्रफलमा धानबाली र उखुुबाली नष्ट भएको कृषि बिकास शाखाको अनुमान छ । भबिष्यमा यस्ता समस्या हुन नदिन स्थानिय सरकार सरोकारवाला निकाय सजक हुन जुरुरी रहेको नगर कृषि बिकास शाखाका प्राविधिक सहायक कर्ण बहादुर शाहीले औल्याउनुुभयो ।
तर भागेश्वर सु्गर मिलले भने बाढीका कारण ढुवानमा परी धानखेती र उखुुबारी कुहिएर गएकोमा चिन्ता ब्यक्त गर्दै अधिकांश कृषकले चिनीमिलका कारण यस्तो बिपती आएको आरोप लगाउदै गर्दा खेतमा रहेको पानी माटोको नमूना लिएर परिक्षणका लागि पठाइएको छ त्यसको रिपोर्ट नआए सम्म केही भन्न नमिल्ने सुगर मिलका जि एम द्धारिका नाथ पाण्डेले बताउनुभयो ।
जि एम पाण्डेले भागेश्वर सुगर मिलले यहाँका उखुु किसानहरूलाई उन्नत जातको बिउमा अनुदान, दुई आँख्ले बिउको प्रयोग, बिउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गरिरहेको बताउनु भयो । उहाँले अहिले उखुमा लागेको रोगको उपचार गरी नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार किसानका लागि मिलले प्राविधिक सहयोग र विषादीमा पनि सहयोग गरिरहेको जानकारी दिनुुभयो ।
दोदा नदी किनारको क्षेत्रमा तीन सयभन्दा बढी बिघा क्षेत्रफलमा धान बाली र केही बिगाह उखुबाली डुुवानमा परी सखाप भए पछि स्थानिय सरकार र सम्बन्धित सरोकारवाला निकायाको सयुक्त टोलीले उक्त प्रभावित क्षेत्रको स्थलगत अनुुगमन गरि खेतमा रहेको पानी माटोको नमूना लिएर परिक्षणका लागि पठाइएको थियो ।
यथार्थ कारण पत्ता लगाउन धनगढीमा सम्भव नभएपछि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) काठमाडौँमा नमूना पठाइयो । तर नार्कसँगै निजी कम्पनीहरुले समेत पानीमा रहने केमिकल परीक्षण गर्न नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिनुुभयो ।
उखु खेतीको अनुुगमन गर्दै गर्दा सम्पुर्ण किसानहरु माझ देखिएका समस्यहरुको समधान र सहायोगका लागि कृषि मन्त्रलाय सदैव सकरात्मक रहेको बताउदै कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने र प्रदेशको खाद्य सुरक्षा एवं पोषण सुरक्षाको प्रत्याभुति गर्दै गरिवी न्यूनिकरण एव राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुरयाउने लक्ष्य र उद्देश्य मन्त्रालयको रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका कृषि अधिकृत कृष्ण राज जोशीले बताउनुुभयो।
एन एन एस डब्लुु ए र मर्सीकोप नेपालकोे एमरेड परियोजनाले संकटासन्न समुदायहरूमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि विभिन्न सरोकारवाला (सरकारी, गैरसरकारी, निजी र नागरिक समाज) सँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापहरू गर्दै आइरहेको छ ।
परियोजनासँगको आर्थिक र प्राविधिक समन्वय र सहकार्यबाट जोखिमयुक्त क्षेत्रका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सकिनेमा विश्वस्त भईपरियोजनाबाट एकातर्फ प्रयोग विहीन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनमा टेवा पुग्ने र अर्कोतिर बाढीको जोखिमलाई न्यूनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन समेत मद्दत पुग्ने देखिन्छ ।
तसर्थ नदी तटीय क्षेत्रका नागरिकहरूको जमिन संरक्षण र जीविकोपार्जनमा परियोजना कोशेढुंगा साबित हुनेमा स्थानिय नदी तटीय क्षेत्रका बसिन्दाहरुले विश्वास व्यक्त गरेका छन ।