Saturday, July 27, 2024

उद्यमशीलता दिगो विकासका लागि सरोकारवाला निकायहरूसंग साझेदारी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा निड्स नेपालद्वारा आप्रवासी परिवारका महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधारका लागि सरोकारवाला निकायहरूसंग अन्तरक्रियात्मक कार्यशाला गरेको छ् । शुक्रवार होटेल ओपेरामा कोइका, अक्सफाम र निड्स नेपालको साझेदारीमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्र संघ संस्थाबाट आएका सरोकारवाला निकायवालाहरुसंग भीमदत्त नगरपालिका वडा नं ९ का आप्रवासी परिवारका महिला सदस्यहरुलाई स्वरोजगारी आर्थिक उद्यमशीलताको दिगो विकास कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त कार्यक्रममा सभापति निड्स नेपालकी निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्ट, प्रमुख अतिथिमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी, विशिष्ट अतिथिमा भीमदत्त नगरपालिका वडा न -९ का वडाध्यक्ष गगन सिंह कार्की, अतिथिमा साना तथा घरेलु उद्योगका प्रमुख हेमन्त बहादुर सिंह, कृषि ज्ञान केन्द्रका प्रमुख हरि जोशी, नेपाल बिमा कम्पनीका राजेन्द्र भट्ट र शाखा प्रमुख सुमन गुप्ता लगायत विभिन्न संघ संस्थाका व्यक्तिहरू र परियोजना संयोजक अनिला चौधरी तथा परियोजना ईडिओ मनराज उपाध्याय लगायतको ५० जना व्यक्तिहरूको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

निड्स नेपालले आप्रवासी परिवारको लागि आर्थिक उद्यमशीलतालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको छ् । निड्स नेपालले मुसेटो, टुँडिखेल, खुल्ला, सिद्धान्त ब्रह्मा, वादी बस्तीहरू काम गर्ने गरेको छ् । त्यसैगरी निड्स नेपालका कार्यकारी निर्देशक भुवराज रेग्मीले उद्यमी बन्नको लागि घरेलु कामहरुको विकास गरेर अघि बढ्नु पर्ने बताएका छन् । उनले भने, “आफुले उत्पादन गरेको समानहरू बेच्नको लागि लाज नमानिकन काम गर्न सक्नुपर्छ ।, कुखुरा, बाख्रा, गाई, भैंसी पालन गर्ने र आफु उद्यमी बन्नु पर्ने रेग्मीले बताए ।” त्यसैगरी रेग्मीले स्वदेशमै काम गर्ने थुप्रै तरिकाहरू रहेको तर उक्त कामहरूको सहि सदुपयोग हुन नसकेको समेत बताएका छन् ।

त्यसैगरी भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीले महिलाहरूलाई कसरी उजागर गर्ने र भोलिको दिनमा महिलाहरूलाई के-के कुराहरूको आवश्यकता छन् भन्ने, कुराहरूमा निड्स नेपालले सहयोग गर्ने बताइन् । उनले भनिन्, “कुनै पनि सिप सिक्दा बिचमै छोड्नु हुँदैन, पुरुषले गर्ने काम पनि महिलाहरूले गर्नुपर्छ र सिप विकास केन्द्र संग साझा कार्यक्रम गर्ने समेत जोशीले बताइन् ।” त्यसैगरी भीमदत्त नगरपालिकाको वडा न. २ र ३ मा पनि महिलाहरूको तालिमको लागि पहल समेत गरेको उपप्रमुख जोशीले बताएकी छिन् । उनले,”सबै सरोकारवालाहरूसंग बसेर छलफल गरेर भोलिको दिनमा के कसरी अगाडि जाने र महिलाहरूले चुलो चौकोमा मात्र सिमित हुनुहुँदैन भने, जिविकोपार्जन के-कसरी गर्ने भनेर निड्स नेपालले सिकाउने जोशीले बताइन् ।”

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं- ९ कि उद्यमी महिला कलावती चन्दले २०७५ सालदेखि बाख्रा पालन गरेको बताइन् । उनले भनिन्, “अहिले मैले बाख्रा र भैंसी पालन गरेको छु भने, म संग अहिले ४१ वटा बाख्रा र ३ वटा भैँसी रहेका छन्, यो भन्दा पहिले पनि निड्स नेपालद्वारा नै एकहप्ता तालिम लिएको थिए भने, उक्त तालिम बाट आफुले सिकेको सिप र आफुले सिकेको कुरालाई लागु गरेको चन्दले बताइन् ।” त्यसैगरी उक्त कार्यक्रममा सहभागी उद्यमी महिलाहरूले आफुले गरेको कामहरूमा प्राविधिक सुविधा नभएको गुनासो समेत गरेका छन् ।

भीमदत्त नगरपालिका-९ कि उद्यमी महिला बिमला जोशीले धानबालीमा रोग लाग्ने गरेको र खोलानालाले गर्दा समेत निकै समस्या रहेको बताएकी छिन् । उनले भनिन्, “च्याउ खेती सिक्ने निकै इच्छा रहेको छ् तर, सिँचाइको समस्याको कारणले गर्दा उक्त क्षेत्रमा कुनै पनि कृषि राम्रो संग उब्जनी हुँदैन भने, आफुलाई पिउनको लागि समेत पानी नभएको जोशीले बताइन् ।” त्यसैगरी निड्स नेपालकी निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्टले कुनै पनि काममा अरूलाई दोष दिनु भन्दापनि आफुले केही काम गरेर देखाउनु पर्ने बताइन् । उनले भनिन्, “हामीले व्यवसाय गरेको सामाग्रीलाई बजार संग कसरी जोड्ने भन्ने कुरामा ध्यान दिनुपर्छ भने उद्यमी महिलाहरूले पाउनु पर्ने जुनसुकै सुविधाहरू पनि निड्स नेपालले गर्ने अध्यक्ष जोशीले बताइन् ।”

 

ताजा समाचार

सम्बन्धित समाचार