कृष्णपुर नगरपालिकाद्वारा आफ्नै पाठ्यक्रम पढाउन शुरु

प्रकाशित:

डिल्लीराज ओझा ।

गुलरिया । कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यक्रममा आधारित पुस्तक “हाम्रो कृष्णपुर” पठनपाठन शुरु गरेको  ।

बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले कृष्णपुर नगरपालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो कृष्णपुर” हस्तान्तरण गरेका हुन ।

एक सय पुणाङ्कको उक्त “हाम्रो कृष्णपुर” पुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले अनिवार्य पढनुपर्नेछ । कञ्चनपुर जिल्लामा कृष्णपुर नगरपालिका स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन शुरु गर्ने पहिलो पालिका बनेको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिका बारे अझ राम्रोसँग जान्न र बुझ्न यो “हाम्रो कृष्णपुर” पुस्तकले थप टेवा पुग्ने बताएका छन ।

उनले लामो समयको मिहिनेत पश्चात यो पुस्तकले आकार पाएको भन्दै आगामी दिनमा थप यसलाई अझ परिष्कृत गरेर लैजाने बताए ।

नगरप्रमुख हेमराज ओझाले “हाम्रो कृष्णपुर” पुस्तक तयार गर्न सामुदायिक विद्यालयका थुप्रै शिक्षक र कृष्णपुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु दत्त भट्ट ज्यूको अत्यन्तै ठूलो भूमिका रहेको भन्दै उनीहरुलाई धन्यवाद व्यक्त गरे ।

कृष्णपुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले तयार गरेको उक्त “हाम्रो कृष्णपुर” पुस्तक प्रकाशनमा वल्र्ड भिजन इन्टरनेसनल (WVI ) नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ ( NNSWA )कञ्नपुरले आर्थिक सहयोग गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार