लालझाडीमा किशोरी बलात्कार प्रकरणः मुद्धा दर्ता गर्न लगाएको भन्दै एमाले नेता रानाद्वारा स्थानिय माथि निर्घात कुटपिट

प्रकाशित:

किशोर तामाङ ।
पुनर्वास । कञ्चनपुरको लालझाडी गाउँपालिकामा बलत्कारीको मुद्दा जिल्लामा दर्ता गर्न सघाएको भन्दै एक युवा माथि निर्घात कुटपिट भएको छ ।

नेकपा एमाले युवा संघ प्रदेश कमिटी सदस्य अम्मर सिंह रानाले आफु बिरूद्ध लालझाडीकी एक २२ वर्षिय बर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गर्न सघाएको भन्दै लालझाडी–३ नन्दगाउँका ४८ वर्षीय रोहित बडायकलाई निर्घात कुटपिट गरेका छन् ।

नेता रानाले बडायक घर जादै गरेको अवस्थामा आफु संग एकजना स्थानिय साथी ईन्द्र रानालाई साथमा लिई बाटो छेकेर निर्घात कुटपिट गरेको पीडितले बताए ।

गाँउमा अन्य पाटीका युवा नेता कार्यकर्तामाथि अनेकन आरोप लगाउँदै आएका एमाले नेता राना आफै बलात्कार काण्डमा मुछिएपछि उनको आलोचना भईरहेको अवस्थामा अझ कुटपिटको घटनाले चौतर्फी आलोचित बनेका छन ।

यस बारेमा अमर रानालाई उनले प्रयोग गर्ने ९८००६४१३५४ /९८६५९०५४४८ नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

पिडित बडायकले भने “म महेन्द्रनगर देखि घर फर्किंदै थिए एक्कासी बाटोमा अमरसिंह र ईन्द्र ले मलाई रोक्न भने, म रोके त्यसपछि गाउँमै मिलाउन भन्दा भन्दै जिल्ला लगेर बल्त्कारीको मुद्दा दर्ता गर्न किन सघाएको? भन्दै एक्कासी म माथि खनिए।

दुवै जना मिलेर म माथि हातपात गर्न थालेपछि मैले हारगुहार मागे । वरिपरि का मानिसहरू आएर मलाई बचाए । तबसम्म अमरसिंह राना र ईन्द्र राना मिलेर मुक्का र लौरोले तिघ्रा, नितम्बलगायत शरीरका विभिन्न अंगमा अन्धाधुन्ध कुटे ।

कुटाइ खाए पछि राती नै नजिकै रहेको ईलाका प्रहरी कार्यालय शंकरपुर मा गएर अमरसिंह राना र ईन्द्र राना बिरूद्ध जाहेरी दर्ता गराएको थिएँ तर प्रहरीले शिधै पक्राउ गर्न नमिल्ने भन्दै आलटाल गरेको पिडित ले गुनासो गरे।

उनले भने रातीको समयमा व्यक्तिको ज्यान लिने गरी भएको घटनामा प्रहरी आफैंले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने हो तर जहेरी दिदा समेत सोधपुछ समेत नगरी छोडिदिए ।

यस बिषयमा ईलाका प्रहरी कार्यालय शंकरपुरमा कुरा बुझ्दा राती जाहेरी दिएको साँचो हो तर पिडित पक्षको सल्लाहमा बिहान बोलाउने भने पछि जाहेरी परेका अमरसिंह राना लाई बिहान बोलाएको जानकारी दिए ।

तर पिडित बडायक औषधि उपचारकालागि बेलौरी गएको र ऊतै निवेदन दर्ता गरिएको भने पछि यस बिषयमा खासै कुराकानी अगाडि बढाएको छैन ईलाका प्रहरी कार्यालय शंकरपुर ले भने।

ईलाका प्रहरी कार्यालय शंकरपुर ले आफु माथि बाटो ढुकेर ज्यान लिने गरी हमला गर्दा समेत राजनितीक पहुँचमा रहेका निज अमरसिंह राना र ईन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिन हिचकिचाई यस घटनाको बारेमा चासो नदेखाए पछि ईलाका प्रहरी कार्यालय बेलौरीमा कर्तब्य ज्यान मार्ने उद्योग सम्बन्धी निवेदन दर्ता गर्न बाध्य भएको बताए ।

यस बिषयमा थप जानकारी लिनका लागि ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जोशी संग रोहित बडायक को मुद्दा दर्ता सम्बन्धी बुझ्न खोज्दा उनले आधिकारिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डि एस पी सापले जानकारी दिनुहुन्छ भन्दै फोन काटिदिए।

जुनसुकै राजनीति दलको आवरणमा गरिने गुण्डागर्दी समाजमा किमार्थ स्वीकार्य छैन । अपराध सानो होस् या ठूलो आफ्नो होस् या पराइको जो सुकैको भए पनि सुरक्षा निकाय एक्सन ओरन्टेट भई कानुनी व्यवस्था सम्बध कारवाही गरे मात्र जनताले साँच्चिकै शान्ति सुरूक्षाको प्रत्याभुति गर्न सकिन्छ ।

अपराधलाई राजनीतिक संरक्षण दिनु भनेको अर्को अपराध हो । त्यसैले यस्ता राजनीतिक आवरणमा अपराध गर्नेहरुलाई निरूत्साहित तुल्याउन शान्ति सुब्यवस्था कायम गर्ने निकाय लाई राजनीतिक दवावमा नराखी स्वतन्त्रता पुर्वक छानबिन गर्न दिनुपर्छ ।

साथै राजनीतिक आवरणमा अपराध गर्ने अपराधी हरूलाई कानुनको कठघरामा उभ्याउन जरूरी देखिन्छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार