Saturday, July 27, 2024

महेन्द्रनगर बजार क्षेत्रका खोका छाप्रा हटाउन नगरपालिकाको आग्रह

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका खोका छाप्रा हटाउन आग्रह गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर बजार क्षेत्रका गल्ली नं. १,२,३,४ र ५ को पछाडी ढल निर्माण कार्य गर्नुपर्ने भएको जनाउँदै नगरपालिकाले सम्बन्धित सबैलाई समयमै मालसमान एवं खोका छाप्राहरु हटाउन आग्रह गरेको छ ।

भदै १२ गते सूचना जारी गर्दै नगरपालिकाले सात दिन भित्र स्वस्फुर्त रुपमा खोका छाप्रा हटाई निर्माण कार्यमा सहयोग पुर्याइदिनका लागि अनुरोध गरेको छ ।

सूचना जारी भएको मितिले सात दिन भित्र मालसमान, खोका छाप्रा नहटाएमा नियमानूसार कारबाही समेत हुँने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार