Saturday, July 27, 2024

निर्माण व्यवसायी संघ कञ्चनपुरको २६ औं वार्षिक साधारण सभा सम्पन्नः नौं जना सम्मानित

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले २६ औं साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार निर्माण व्यवसायी संघकै सभाहलमा ‘पूर्वाधार विकास आधार, बनौँ सर्वपक्ष जिम्मेबार, विकासका लागि निर्माण शान्त र समुन्न नेपाल’ भन्ने मुल नाराका साथ २६औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

साधारण सभाको नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ई।आङ दोर्जी लामाले उद्घाटन गर्दै निर्माण व्यवसायीले पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि राज्यले वेवास्ता गरेको दुखेसो पोखेका छन ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले निर्माण व्यवसायीले विकास निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेपनि मुल्याङ्गकन नभएको बताए । अध्यक्ष भट्टले बन्दसत्रबाट समेत निर्माण व्यवसायीका विद्यमान पिरकर्मा सम्बोधन गरिने बताए ।

उक्त वार्षिक साधारण सभाबाट उत्कृष्ट तथा अग्रज निर्माण व्यवसायी, अग्रज पत्रकार, शिक्षाविद, समाजसेवी सबैलाई सम्मान गरिएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका संस्थापक प्रेस सल्लाहकार एवं अग्रज पत्रकार लक्ष्मी प्रसाद जोशी, शिक्षाविद डा।करबिर सिह खत्री, समाजिक अगुवा लोक विक्रम थापा, निर्माण व्यवसायीहरु प्रकास बोगटी, प्रेमसिह भण्डारी, धनीदत्त अवस्थी, मान बहादुर चन्द, मनिराम रावत, दशरथ जोशीलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई जिल्लाको निर्माण क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाईएको छ ।

कञ्चनपुर निर्माण व्यवसायी सघका अध्यक्ष निरन्जन प्रशाद भट्टले अलग अलग विद्यामा कञ्चपुरको विकासमा योगदान पु¥याए बाफत प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको बताए ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको अध्यक्षतामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाको प्रमुख आथित्यमा भईरहेको साधारण सभामा निर्माण व्यवसायीले सरकारसंग थुप्रै माग अघि सारेका छन ।

निर्माण क्षेत्रलाई थप मार्यादितदेखि भुक्तानीको विषय अघि सारेका छन । संघका उृपाध्यक्ष देव बहादुर चन्दले संचालन कार्यक्रममा निर्माण व्यवसायी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार