–ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । नेपाल प्रहरीको सुरक्षा कवच भित्र रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका एक शिक्षकमाथि मरणसन्न कुटपिट भएको छ । आइतबार विद्यालयमा प्रहरीले हतकडी लगाएकै अवस्थामा शिक्षक एवं लेखापाल भूमिकामा रहेको बिरेन्द्र प्रसाद जोशीमाथि निर्मम प्रहर भएको हो ।

सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल तथा शिक्षक जोशीलाई सोहि विद्यालयमा अध्यनरत एक छात्राले दुव्र्यवहार गरेको आरोप लगाएकी थिईन् । ती छात्राले ३० साउनमा शिक्षक जोशी माथि दुव्र्यवहारको आरोप लागाएकी हुन् ।
सोहि सन्दर्भमा शिक्षक जोशीले विद्यालयको सिडि चढ्ने क्रममा कुम ठोकिन गएको भन्दै छात्रा संग सार्वजनिक माफि समेत मागेका विद्यालय प्रशासनले जनाएको छ ।

३२ साउनमा विद्यालय प्रशासनले दुबै पक्ष संग छलफल गरि उक्त विषयमा शिक्षक जोशीबाट छात्रासंग माफि माग्न लगाई समस्या समाधान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजी बिष्टले बताए ।

३ भदौमा एक्कासी लेखापाल एवं शिक्षक जोशीले छात्रामाथि दुव्र्यवहार गरेको भन्दै विद्यालयमा होहल्ला एवं मास भड्किएको पाइन्छ । भीमदत्त–१० जिमुवाका केहि बौद्धिक व्यक्तिहरुका अनुसार उक्त घटना सुनियोजित रुपमा गरिएको आसक्ति प्रकट गरिएको पाइन्छ ।
३ भदैको बिहानै विद्यालयमा शिक्षक जोशीलाई दुव्र्यवहारको आरोप सहित ठुलो मास खडा भएको थियो । विद्यालयमा उक्त भिड एवं मासलाई नियन्त्रण गर्न एवं घटनामाथि छानविन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सिताराम बिष्टको नेतृत्वमा प्रहरीको एक टोली उक्त विद्यालयमा पुगेको थियो ।
छानबिन गर्नका लागि भन्दै प्रहरीले शिक्षक जोशीलाई कार्यकक्षबाटै हतगडी लगाउँदै बाहिर ल्यायो । विद्यालय प्रांगण एवं हाता बाहिर प्रत्यक्ष सरोकार नभएका व्यक्तिहरुको ठुलो भिड रहेको जानकारहरु बताउछन् ।
उक्त भिडमाँझ प्रहरीले हतकडी लगाउँदै ल्याएका शिक्षक जोशीमाथि बर्बर ढुंगामुढा एवं हातपात हुन थाल्यो । प्रहरीको हतकडी हातमा रहेका शिक्षक जोशीलाई लखेटि लखेटि ढुंगामुढा, हेल्मेट, रड र चक्कु समेत प्रहार हुन थाल्छन् । प्रहरी
निरीक्षक बिष्टको कमाण्डमा रहेको टोली निरीह एवं मुकदर्शक हुन्छ । प्रहरीको सुरक्षा घेरा भित्रै रहेका शिक्षक जोशी मरणासन्न हुँनेगरि कुटिन्छन् ।
विद्यालय परिसरबाटै लखेटिदै विद्यालय बाहिर करिब ५०० मिटर सडक सम्म उनीमाथि निर्मम प्रहर हुन्छ, त्यो अवस्था पुग्दा सम्म पनि प्रहरीले केहि गर्न सक्दैन ?
ढुंगामुढा पश्चात शिक्षक जोशीको शक्त घाइते हुन्छन् । घाइते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा आइतबार साँझ नै उनलाई निसर्ग अस्पताल धनगढीमा रिफर पश्चात उपचार भईरहेको आफन्तले बताएका छन् । जोशीको टाउको, छाती, र अण्डकोषमा समेत गम्भीर चोट रहेको मेडिकल रिर्पोटले बताएको छ ।
समाजमा घट्न सक्ने विभिन्न घटनाहरुको न्युनिकरण, शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने दायित्वमा खटिएका प्रहरीको हतकडीले शिक्षक जोशीलाई मरणासन्न अवस्थामा पुर्याएको शिद्धनाथ माध्यमिक विद्यालय व्यावस्थापन समितिका सदस्य तथा शिक्षक दामोदर बिष्टले बताए ।
‘विद्यालयमा हुलदङ्गा भएको शान्त पार्न प्रहरी बोलाईएका हौं, प्रहरीले सुरक्षा दिनुको साटो एउटा शिक्षक जस्तो मान्छेलार्ई विद्यालको हाताभित्र रहेको समयमा अपराधी सरह हतकडी लगाइयो।’ शिक्षक बिष्टले भने ।
दर्जनौ सुरक्षाकर्मीहरु सुरक्षामा खटिएता पनि अराजक भिडले इटा, ढुङगा, हेल्मेट र रड प्रहार गरि लखेटी–लखेटी शिक्षकलाई कुटि रहदा समेत प्रहरी मुकदर्शक बन्नु जस्ता घटनाले प्रहरी प्रशासनको सुरक्षा व्यवस्था उदाङ्गो भन्दै विद्यालयले प्रेश विज्ञप्ती मार्फत खेद प्रकट गरेको छ ।
प्रहरी प्रशासनको गैर जिम्मेवारी सुरक्षा व्यवस्थाले विद्यालयका समपुर्ण शिक्षक, कर्मचारी स्तब्ध भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल शिक्षक संघ कञ्चनपुरका उपाध्यक्ष नविन धामीले हतकडी लगाएर प्रहरीको सुरक्षा घेराभित्र रहेको मान्छेलाई मरणासन्न कुटिएको घटनाको जति भर्सना गरे पनि कम हुने बताए । ‘प्रहरीको नियन्त्रणमा रहेको मान्छे नै सुरक्षित हुदैन भने, यो भन्दा आपत्तिजनक कुरो अरु हुन सक्दैन ।’ उपाध्यक्ष धामीले भने ।
शैक्षिक वातावरणलाई खल्बल्याउने तथा विद्यालय परिसर भित्र शिक्षकलाई हतकडी लगाउने र सुरक्षा गर्न नसक्ने साथै हतकडी लगाएका शिक्षकलाई कुटपिट गराउन लुप्त भुमिका निर्वाह गर्ने अराजक तत्व तथा प्रहरी प्रशासनका कर्मचारीहरुलाई यथाशिघ्र कार्वाही गरिनु पर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम बिष्टल बताए ।


