Saturday, July 27, 2024

दिक्काए अछामी बड्डो, के छ उनको ‘लाल्या आयो डिस्कोमा’ भित्र

प्रकाशित:

महेन्द्रनगर । अछामी बड्डोको नामले परिचित कलाकार लालबहादुर धामीलाई देउडा गायनको २५ वर्षे उतारचढावपछि हिजोआज गीत गाएर भविष्य छैन जस्तो लाग्न थालेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

४० को संघार टेकेका धामी उसो त देउडाकै बलमा जीविकोपार्जन गरिरहेका छन् तर पनि उनलाई देउडा गायकले पाउनुपर्ने सामाजिक सम्मान र आर्थिक पारिश्रमिक समायानुकूल हुन नसकिरहेको हुँदा उदेक लागेको छ ।‘देउडा त गाउँछ भन्ने किसिमले मान्छेले बुझ्छन् र हेर्छन्’ २ सय ५० भन्दा धेरै गीत गाइसकेका धामी भन्छन्, ‘देउडा सँस्कृति संरक्षणका लागि काम गरिरहेको भनेर सम्मान गर्ने परिपाटी नै छैन ।’

राज्यले दिने सम्मानका लागि फाराम भर्नुपर्ने नयाँ जमाना आए पनि २ दशकअघिकै पारिश्रमिक पाइने जमाना नगएकोमा उनी विरक्तिएका पनि छन् तर, पनि उनले आफ्नो देउडा यात्रालाई भने जारी राख्ने प्रतिवद्धता छोडेका छैनन् । ‘अछामी बड्डो’ गीतबाट देउडा गायनको संसारमा चर्चामा आएका धामीले अब ‘लाल्या आयो डिस्कोमा’ शीर्षकको नयाँ कोशेली प्रस्तुत गर्दैछन् ।

तीजपछि सार्वजनिक हुने उनको प्रस्तुति हास्यपरक फ्यूजन गीत हो । यो गीत रिलिज भएपछि फेरि एक पटक आफू चर्चामा आउने उनको आशा छ । यो गीतको भिजुअलमा पनि उनी अछामी बड्डोकै गेटअपमा देखिने छन् ।

स्नातकोत्तर डिग्रीधारी धामीको नयाँ पुस्तासँग गुनासो र प्रशंसा दुबै छ । देउडालाई फ्युजनमार्फत् देशभर चिनाएर सुदूरपश्चिमका भाषिकाहरुको प्रवद्र्धन गर्न नयाँ पुस्ताले प्रशंसनीय काम गरिरहेको उनको धारणा छ ।

तर, शब्द र शैलीको दुरुपयोग गरेर देउडाको मौलिकता नै नझल्कने गीत बजारमा आइरहेकोमा भने उनी दुःखी छन् । भन्छन्, ‘देउडाको जगमा टेकेर सिर्जना गरिदिए सँस्कृति र भाषा दुबैको सेवा हुन्थ्यो ।’

धामी देउडाको आधुनिकीकरणमा लागेको दोस्रो पुस्ताका प्रतिनिधि कलाकार हुन् । उनी आफ्नो पुस्ताले परम्परागत शैलीमा परिमार्जन गरेको, शैली नै नत्यागेको बताउँछन् । ‘अब आउने मेरो गीत फ्युजन अवश्य हो तर देउडाको जगमा उभिएको छ ।’

भारत वा अन्य देशमा प्रादेशिक भाषाको गायनले अन्तर्राष्ट्रिय लोकप्रियता हासिल गरेको भए पनि देउडा भने राष्ट्रिय रुपमैं ओझेलमा परेको उनको ठम्याई छ । ‘भारतको भाँगडा आधारित संगीत विश्मैं लोकप्रिय छ तर देउडा सुदूरपश्चिम र कर्णालीभन्दा बाहिर फैलन सकेको छैन’ उनी भन्छन् ।

देउडा फैलन नसक्नुमा राज्यकै कमजोरी ठान्छन् उनी । संघीयतापछि पनि प्रदेश सरकारहरु देउडाको प्रवद्र्धनमा उदासिन रहेको उनको अभिमत छ ।

‘की बोर्डको भरमा कलाकारिता भइरहेको छ’ धामीका अनुसार देउडाका आधारभूत र मौलिक बाजाको संरक्षण हुन सकेको छैन । ‘स्टुडियोहरुले मौलिक बाजा बिर्सने अवस्था आइसक्यो’ धामी सोध्छन्, ‘प्रदेश सरकारको ध्यान यता कसले तानिदिने रु’

ताजा समाचार

सम्बन्धित समाचार