बेलडाँडी गाउँपालिकाद्वारा डेंगु रोकथामका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले डेंगु लगायतका किट जन्य रोगबाट बच्नका लागि मंगलवार विहान जनचेतना मूलक र्याली निकालेको छ् ।

बेलडाँडी गाउँपालिका कार्यालय ,प्राथमिक स्वास्थ केन्द्र बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलडाँडीको संयुक्त सहभागितामा बेलडाँडी बजार र चवन्नी बजारमा जनचेतना मूलक सन्देश प्रवाह गर्दै डेंगु रोकथामका लागि माइकिङ गर्दै गाउँबासिमा डेंगुको संक्रमणबाट बच्नका लागी पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू जम्न नदिन खाली पानी भरिएका टायर फोहर हटाउने कार्य गर्नुका साथै डेंगु सम्वन्धी सचेतना गराएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने समेत अध्यक्ष रानाले बताए ।

स्वास्थ्यकर्मीहरुले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा आम नागरिकलाई सचेत गराउदै टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सो बाट बच्न ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार