अस्पताल पुर्याउन स्टेचर समेत नपाएपछि डडेल्धुराकी एक महिलाले बाटोमै जन्माइन शिशु

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीकी एक महिलालाई प्रसव पिडा सुरु भएपछि अस्पताल पुर्याउनका लागि एम्बुलेन्स त परको कुरा स्टेचर समेत नपाएपछि पिठ्युमा बोकेर लैजादै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी छिन् ।

परशुराम–८ की मिना लुहारलाई प्रसव पीडा सुरु भएपछि उनका आफन्तले पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लैजान हिडेका थिए ।

तर, उनले अस्पताल नपुग्दै बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्। अस्पताल पुर्याउनकालागि एम्बुलेन्स त के स्टेचर समेत नपाइएको उनका आफन्तले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार