Saturday, July 27, 2024

भीमदत्तमा जनप्रतिनिधिको एक वर्षः युवा स्वरोजगार देखि लोकप्रिय कार्यक्रमहरुको शुभारम्भ

प्रकाशित:

महेन्द्रनगर । जनसंख्याको आधारमा कञ्चनपुरको सबैभन्दा ठुलो र पुरानो स्थानीय तह भीमदत्त नगरपालिकामा ०७९ बैसाख ३१ मा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुगेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखक जोशीले एक वर्षको अवधिमा जनताको ईच्छा, आकांक्षा र आवश्यकतामा पालिकाको बजेट तथा स्रोत साधनले भ्याए अनुसार काम गरेको बताएका छन् ।

पहिलेको नै करोडौं दायित्व (ऋण) भएकाले समेत नगरपालिका थिलथिलो भएको अवस्था एकातिर र अर्को तर्फ देशनै आर्थिक संकट खेपिरहेकोे हुँदा आफुहरुले चाहे अनुसारको काममा गती दिन नपाएको जनप्रतिनिधिहरुको भनाई छ ।

भीमदत्त नगरपालिकाकालाई पहिलेकोे ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैँया दायित्व (ऋण) तिर्न बाँकी छ ।

नगर प्रमुख बोगटीका अनुसार भीमदत्तमा वर्षदिनको अवधिमा निकै महत्वपुर्ण कामहरु देखि कार्यक्रमहरुको शुभारम्भ तथा कार्यान्वयन भएको छ ।

गर्भवती सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा, जेष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा संचालन देखि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकालागि उच्च शिक्षामा प्रोत्साहन छात्रवृति लगायतका दर्जनौं महत्वपुर्ण कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको नगर प्रमुख बोगटीले बताए ।

भीमदत्त नगरपालिकाले जनमैत्री भएर काम गरिरिहेको प्रशासकीय अधिकृत हरि सिंह धामीले बताए । नयाँ जनप्रतिनिधि आएपछिको एक वर्षमा भीमदत्त नगरपालिकाले नयाँ तथा उदाहरणीय कार्य तथा कार्यक्रमहरुको शुभारम्भ गरिएको पनि प्रशासकीय अधिकृत धामीको भनाई छ ।

  • ०७९ जेठ १ गते देखि भीमदत्तले आजको मितिसम्म गरेका प्रमुख कार्यहरु यस्ता छनः
    राजस्वः
  • ०७९ साउन ०१ देखि ०८० बैशाख मसान्त सम्मको जम्मा आम्दानी १४ करोड ५८ लाख नौं हजार ३२५ रुपैँया ।
    योजनाः
  • योजना अनुगमन तथा तथ्यांक शाखाका अनुसार सडक कालोपत्रे–७.५ किलोमिटर,
  • सडक ग्राभेल तथा स्तरोन्नती–३५ किलोमिटर,
  • सिचाँई बोरिङ्ग–४५ ओटा,
  • विद्यालय भवन निर्माण तथा मर्मत–१५ ओटा
  • १० ओटा कल्भर्ट निर्माण सम्पन्न भएका छन् ।
    स्वास्थ्यः
  • गर्भवती सुत्केरी महिलाहरुलाई संस्थागत सुत्केरी सेवाको उपभोगका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध ।
    ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरदैलो स्वास्थ्य सेवा संचालन ।
  • मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका विरामीलाई मासिक उपचार खर्च उपलब्ध गराएको ।
  • खोप सेवा संचालनका लागि (Cold Room) भण्डारण कक्ष स्थापना गरेको ।
  • पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा ।
    शिक्षाः
  • विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकालागि उच्च शिक्षामा प्रोत्साहन छात्रवृतिको सुरुवातः क, ख, ग समुह निर्धारण गरेर, डाक्टर तथा पाइलट अध्ययनरत विद्यार्थीलाई दुई लाख ५० हजारका दरले २ जनालाई, समुह (ख) मा इन्जिनियर अध्ययनरत दुई जना विद्यार्थीलाई एक लाख ५० हजारकार दरले र समुह (ग) अन्तर्गत ४ जना विज्ञान, शिक्षा, व्यवस्थापन तथा नर्सिङ÷फार्मेसी पढ्नेहरुलाई ५० हजारका दरले उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृति घोषणा पछि कार्यान्वयन भएको छ । समुह (क) र (ख) का लागि आवेदन परेनन्, भने समुह (ग) अन्तर्गतका ४ जना विद्यार्थीले ५० हजारका दरले उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृति बुझेका छन् ।
  • नगरस्तरीय शैक्षिक प्रोफायल निर्माण गरिएको ।
  • ०७९ असार २० गते पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको ।
  • आधारभूत तह (कक्षा–८) को नगर स्तरीय स्थानीय पाठ्यक्रम अनुसार कक्षा १, २ र ६ को पाठ्यपुस्तक निर्माण गरिएको ।
  • राष्ट्रिय रनिङ्ग शिल्ड प्रतियोगिता संचालन, नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गरिएको ।
    लैगिंक समानताः
  • उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रम अन्र्तगत १२ जनालाइ सहयोग ।
  • १५ वडाका १४४० जनालाई लागु औषध दुव्र्यसन न्यूनिकरण सम्बन्धमा अभिमुखिकरण ।
  • ८३ जना हिंसाबाट प्रभावित महिला तथा किशोरीहरुकालागी अल्पकालिन सेवा केन्द्र संचालन ।
  • ५ सय ४३ जनालाई अपाङ्गता परिचय पत्र वितरण ।
    सूचना तथा प्रविधिः
  • नगरपालिकाको GIS मेट्रिक एड्रेसिङ्ग प्रणालि संचालन गरि नगरपालिकावाट आएका गुनासोको सम्बोधन ।
    रोजगारः
  • आ.व २०७९/०८० मा सुचिकृत भएका १२७२ बेरोजगार व्यक्तिहरु मध्येबाट प्राथमिकता क्रम अनुसार न्यूनतम रोजगारीमा २०४ जनालाई “कामका लागि पारिश्रमीकमा आधारित सामुदायिक आयोजना” युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना मार्फत रोजगारी उपलब्ध गराएको ।
  • योजना छनौटको लागि समन्वय तथा योजनाको मापदण्ड अनुसार प्राथमिकता निर्धारण तथा संकलन गरि प्रोजेक्ट बैंक तयार गरेको ।
  • आर्थिक बर्ष २०८०/८१ को लागि बेरोजगार व्यतिकोको तथ्यांक संकलन, प्रशोधन र रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा ९३० जना बेरोजागर व्यक्तिको विवरण अद्यावधिक गरेको ।
  • स्थानीय स्तरमा रहेका विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन र बैदेशिक रोजगारबाट फर्केका २५५ जना व्यक्तिहरुको विवरण संकलन गरि श्रम मन्त्रालय पठाएकोे ।
  • बैदेशिक रोजागरीमा जाने व्यक्तिहरुका लागि श्रम स्वीकृत र पुनः श्रम स्वीकृतको कार्य सुचारु गरेको । हाल सम्म १२ जनालाई श्रम स्वीकृत प्रदान गर्ने कार्य गरेको ।
  • पालिका भित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेशण गर्ने कार्य गरेको ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार