Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

आज विश्व औलो (मलेरीया )दिवश÷ स्वास्थ्य कार्यालय कञ्चनपुरले यसरी मनायो औलो दिवश

प्रकाशित:

Advertisements

महेन्द्रनगर । शुन्य औलो अबको थालनी नविनतम कार्य,कार्यन्वयनमा लगानी’ भन्ने नाराका साथ कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम गरी मंगलबार विश्व औलो दिवस मनाईएको छ ।विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवश मनाईन्छ ।

औलो (मलेरीया ) रोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाई बाट हुने एक प्रकारको सरुवा रोग हो ।युरोपियन देशहरुमा तथा भारमा वर्षेनि ६० लाख भन्दा बढि मानिसमा औलो रोगको सक्रमण हुने गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दया कुष्ण पन्तले बताए ।विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा वर्षेनि २० करोड मानिस औलो रोग सक्रमित हुने गरेको र ६ लाख भन्दा बढि मानिसहरुको मृत्यु हुने गरेको जनस्वास्थ्य अधिकृत पन्तको भनाई रहेको छ ।

गर्भवति महिला र बालबालिकाहरुमा यो रोगले छिटो आक्रमण गर्ने भएकाले औलो रोगबाट बच्न समयमै ध्यान पुर्याउन जरुरी देखिन्छ ।सुदुरपश्चिम प्रदेशमा आर्थीक वर्ष २०७९÷८० मा कैलाली र कञ्चनपुरमा औलौ बिरामीहरुको सख्या बढि देखीएको छ ।कैलालीमा ४३,कञ्चनपुरमा २१,डोटिमा ३,डडेल्धुरामा २,बैतडीमा ३,बझाङमा २,दार्चुलामा १,बाजुरामा ८,अछामा ११ जना जम्मा ९४ नब्बे जनामा औलो रोग सक्रमण देखीएको जनस्वास्थ्य कार्यालयको तथ्याङ्खले देखाएको छ ।त्यस्तै कञ्चनपुर जिल्लका ९ वटै स्थानिय तहमा आर्थीक वर्ष २०७९÷८० मा भीमदत्त नगरपालिकामा ५,बेदकोट नगरपालिकामा ६,महाकाली नगरपालिकामा २,शुक्लाफाटा नगरपालिकामा १,कृष्णपुर नगरपालिकामा ४,बेलडाडि गाउपालिकामा १,लालझाडी र पुर्नवास नगरपालिकामा भने यो बर्ष औलो सक्रमितको सख्या शुन्य रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा प्रदेश अनुसार बिरामीको सख्या,सुदुरपश्चिम प्रदेश १ सय ३,कर्णाली प्रदेश ३०,लुम्बिनी प्रदेश १ सय ३९,गण्डकी प्रदेश १९,बागमति प्रदेश २७ मधेश प्रदेशमा ४३ रहेसंगै सकै भन्दा बढि औलोको बिमारीहरु लुम्बिनी प्रदेशमा देखापरेका छन् भने दोस्रोमा सुदुरपश्चिम प्रदेशमा देखापरेका छन् । नेपालका तराईका जिल्लाहरुमा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत वढ्दै गएको छ । जलवायु परिवर्तन तथा तापक्रम वढ्दै गएको हुँदा लामखुट्टेहरु पनि फयाटफुट्ट जता पनि देखिन थालेको हुँदा औलो जतापनि सक्ने सम्भावना देखिन्छ। नेपाल भारत खुला सिमाना, विचमा रक्त परिक्षण गर्ने प्रावधान नभएको कारण पनि नेपाल वाट काम गर्न गएको नेपालीहरु औलो रोगको सिकार भई नेपाल आँउदा रोग सहित आउने जसवाट घर परिवार तथा समुदायमा पनि लामखुट्टको टोकाईवाट सर्न सक्ने जोखिम बढी देखिन्छ।

औलो रोग देखिने सबै जनतालाई निशुल्क, प्रभाबकारी, गुणस्तरीय सेवा पुर्याउदै सन २०२५ सम्ममा नेपालले औलो रोग मुक्त देश वनाउने लक्ष्यका साथमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपालको स्थिती हेर्ने हो भने ६५ जिल्लाहरुलाई जोखिमयुक्त जिल्ला भनेर छुट्टाई औलो रोग नियन्त्रणका विभिन्न कार्यकर्महरु गरिएको छ । जस अन्तर्गत १३ उच्च जोखिम ,१८ मध्य जोखिम ३४ कम जोखिम र वाँकी १० जिल्लाहरु जोखिम रहित रहेका छन ।

Advertisements

 

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार