Saturday, July 27, 2024

फड्के किराले गरे आँपको फूललाई सखाफ,किसान चिन्तित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका अधिकांश क्षेत्रमा आँप खेतीमा फड्के किरा लाग्न थालेपछि किसान चिन्तित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आँपको पात नै नदेखिने गरी बोटै ढपक्कै ढाँकेर फुल्दा किसानहरु खुशी भएका थिए । तर यस क्षेत्रका आप अहिले मजुराफूलमा फड्क किराका कारण रोग लाग्न थालेपछि किसान चिन्तित भएका हुन् ।

फड्क किराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या आउँछ । जिल्लाको सबै क्षेत्रमा फड्क किराको प्रकोप देखिएको छ ।

शु्क्लाफाँटा नगरपालिका-९ सिसैया बस्ने नारन्ती ऐरले पनि आफ्नो घरमा लगाएको आँपका बोटमा किराको प्रकोप देखिएको बताएकी छन् ।

उनले फड्के किरा र केहि समय अगाडी बर्षाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आपँ उत्पादन कम हुने चिन्ता पिरोलिरहेको बताएकी छन् ।

त्यस्तै भीमदत्त नगरपालिका-१९ का आशा रानाको आँप बगैँचामा पनि फड्के किराकोको प्रकोप देखिएको छ । मजुराफूलमा फड्के किराको प्रकोप देखिएर र अहिले ढुसी देखिन थालेको उनको भनाइ रहेको छ ।

बेल्डाँडी गाउँपालीका –१ स्थित सपना सुनारले पनि घरमा लगाएको आँपका बोटमा किराको प्रकोप देखिए पछि रुखको मजुराफूल सखाब भएको उनले बताएकी छन् ।

फड्के किराको प्रकोप रोक्न बगैचाको सरसफाई गर्ने,दैनिक विषादी जस्तै साईपमेर्थिन, डाईमिथोएट ३० प्रतिशत ई सी १.५ मि ली प्रती लिटर पानीमा मिसाई प्रयोग गर्ने,यसको नियन्त्रणका लागी मजुराफूल फुल्नुअघि ,एक पटक फुल फुली सके पछि दोस्रो पटक र फल केराउको दानाको आकार भएपछि तेस्रो पटक गरी तिन पटक छर्नाले फड्के किरा नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्रका अधिकृत आशिष पाठकले बताए ।

उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान बिना नै विषादी प्रयोग गर्छन्, जसले गर्दा मजुराफूल झर्छ कार्यालयमा आएमा औषधी एवम् प्राविधिक सहयोग उपलब्ध गराइने उक्त केन्द्रले जनाएको छ ।

उनले रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन समेत आग्रह गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार