Thursday, April 25, 2024

सुदुरपश्चिम प्रदेशको कृषि विकास रणनीतिका लागी योजना तर्जुमा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको १५ वर्षे कृषि विकास रणनीति सम्बन्धी योजना तर्जुमा बैठक कार्यक्रम सम्पन्न गरेको छ । कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि, कृषि प्रविधिक तथा सरोकारवाला निकायसंग प्रदेश सरकारले ल्याएको आर्थीक वर्ष २०७९÷०८० को कृषि कार्यक्रम कार्यन्वयन तथा आगामी आर्थीक वर्षको योजना तर्जुमा सम्बन्धी बैठक कार्यक्रम सम्पन्न गरेको हो ।

शुक्रबार सम्पन्न भएको योजना तर्जुमा बैठकमा कृषि क्षेत्र सुदुरपश्चिम प्रदेशको अर्थतन्त्रको मेरुदण्ड भएकोले यो कृषि पेसालाई अझै आत्मानिर्भर, भरपर्दो र प्रभावकारी बनाउन सरकारले निष्ठाका साथ कृषि पेशामा लागेका ब्यक्तिहरुलाई हौसला र सहयोग प्रदान गर्नुपर्ने कार्यक्रममा उपस्थित कृषि प्रविधिज्ञ तथा आम सरोकारवाला निकायको राय रहेको छ ।
१५ आवधिक योजनाले कृषि क्षेत्रको उत्पादकत्व एवं नाफा बढाउने र ब्यावसायीकरण गर्ने लक्ष राखेको छ । साथै आर्थीक बृद्धि गर्ने र सुधारिएको जिविकोपार्जन तथा खाद्य र पोषण सुरक्षामा योगदान पुर्याउदै खाद्य संप्रभुताको नेतृत्व गर्ने कृषि विकास र रणनीतिले आत्मनिर्भर, दिगो प्रतिस्र्पधात्मक, समाबेशी कृषि क्षेत्रको परिकल्पना गरेको छ ।

सुदुरपश्चिम प्रदेशले १५ वर्षे अग्रणी विकास र रणनीतिको रुपमा आर्थिक वर्ष २०७९÷०८० देखी २०९३÷९४ सम्म कृषि विकास रणनीति तर्जुमा गरेको हो । पछिल्लो समय प्रदेश कृषि रुपान्तरण्को प्रकृयालाई बाधा पुर्याउने नकारात्मक कारणहरुमा खेतियोग्य जमिन बाझो रहनु, बढ्दो श्रम लागत र कृषि श्रमको अभाव हुनु, कुषि क्षेत्रमा घट्दो नाफा, आयातित उत्पादनसंग बढ्दो प्रतिस्पर्धा, बढ्दो जलबायु परिवर्तन, मानव–बन्यजन्तुको दन्द्ध, माटोको घट्दो उर्वराशक्ति र कुषि र गैर कुषि क्षेत्र बिच श्रमिक उपादकत्वमा बढ्दो असमानतालाई लिन सकिने कृषि विज्ञहरुको तर्क छ ।

पछिल्लो समय तराईका जिल्लाहरुमा देखिएको पशुचौपायाको समस्यालाई व्यवस्थापनको लागि बहुउदेश्य गौशाला बनाउनु पर्ने अनिबार्य देखिएको कुषि व्यवसाय प्रवद्धन सहयोग तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरका प्रमुख गोकुल बोहराले बताए । स्थानीय तथा कृषकहरुले छोडेका पशुचौपायाले खेतमा लगाएको बालिनालि नस्ट पार्ने देखिएको हुदा उक्त समस्यालाई जरै देखी न्यनिकरण गर्न ९वटै स्थानिय तहले बहुउदेश्य गौशाला निर्माण गर्नुपर्ने उनले बताए ।
सरकारले पैसा बाडेर कृषि पेशामा आवद्ध गराउछु भन्ने सोचाई गलत भएको र ब्यक्ति स्वंम् आफैले कृषि पेशालाई जिविको पार्जनको आधार मानेर आत्मासाथ नगर्दा सम्म कृषि पेशा नफष्टाउने प्रमुख बोहराले बताए ।

नेपालको कुल जनसंख्या कृषीमा आत्मनिर्भर नभएपनि बौद्धिक रुपले जुनसुकै पेशामा लागेका व्याक्ति भएपनि धेरै थोरै रुपमा भएपनि कुषक भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले बताए । आगामी दिनमा कुषि क्षेत्रमा सुधार गर्ने नयाँ सोच नयाँ उर्जाका साथ सबैले लाग्नु पर्ने प्रमुखको भनाई रहेको छ । रसायनिक मलका कारण पछिल्लो समय माटोको उर्वरा शक्तिमा ह्रास आएको देखिएकाले अब हरेक मानिसले कुषि विकासका लागि पशुपालन व्यावसाय गरि प्राङगारिक मलको उत्पादनलाई बढाई कृषिजन्य पदार्थको उत्पादकत्वमा पनि बृद्धी गर्न सकिने प्रमुख बोहराको भनाई छ । कुषि क्षेत्रको विकास कार्यन्वयनको लागि प्रमुख सरोकारवालाहरु, सरकार, किसान, व्यावसायी, सरकारी क्षेत्र, राजनितिक र सामाजिक निकायहरु बिच बलियो सहमति आवश्यक पर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार