|
Monday, December 11, 2023

पुर्णागिरी मेला लागे संगै कञ्चनपुरको सिद्धनाथ मन्दिरमा भारतीय दर्शनार्थीहरूको घुइँचो, दर्शनार्थीहरुको लागि छैन कुनै व्यवस्था

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका सिद्धनाथ मन्दिरमा भारतीय दर्शनार्थीहरुको घुइँचो बढेको छ ।

भारतको उत्तराखण्डमा लाग्ने पुर्णागिरी मेलाको चहलपहल बढ्दै गएको छ मेलाका कारण कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रमा अहिले निकै भिड बढे संगै यस क्षेत्रमा ब्यापार—व्यवसायमा समेत बृद्धि भएको छ ।

भारतको उत्तराखण्डमा रहेको शेरा वालीको नामले प्रचलित प्राचिन पूर्णागिरी मन्दिरमा लाग्ने ३ महिने धार्मिक मेलाको कञ्चनपुर जिल्लामा चहलपहल बढेको हो ।

मेला संचालनमा आए संगै कञ्चनपुरको महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकी तथा सिमावर्ति नेपाली बजारमा दर्शनार्थिको घुईचो बढेको छ भने, ब्यापारमा बृद्धि भएको छ ।

पूर्णागिरी मन्दिरको दर्शन पछि सिद्धबाबा मन्दिरको समेत अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता र विश्वासका कारण दर्शनार्थिहरु महेन्द्रनगर र ब्रह्मदेवमा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने हुंदा यस क्षेत्रमा निकै चहलपहल बढेको र भारत तथा नेपालका दैनीक हजारौको संख्यामा दर्शनार्थिहरु अउने गरेको सिद्धबाबा मन्दिर संरक्षण समितिका महासचिव पुष्कर राज उप्रेतीले बताएका छन् ।सामान्यतया फागुन पुर्णिमा देखिनै सुरु भएको यो धार्मिक मेला चैत्र महिनाको प्रतिपदा तिथि देखी जेठ अन्तिम सातासम्म भव्य रुपमा चल्ने गर्दछ । पुर्णागिरी माता दर्शन गरे पश्चात नेपालमा रहेका प्राचिन सिद्धवावा मन्दिरहरुमा दर्शन गरेपछि मनोकामना पुरा हुने विश्वासका कारण आफुहरुको अनिवार्य सिद्धबाबा मन्दिरको दर्शान गर्न आउने भारतिय दर्शनार्थिहरुले बताएका छन ।

दैनिक दसौं हजार भारतीय तथा नेपाली तिर्थयात्रीहरुका कारण यस क्षेत्रमा चहलपहल निकै बढेको छ । पूर्णागिरी मेलाका कारण सदरमुकाम लगायत सिमावर्ती बजार, यातायात तथा यहांका होटेल व्यवसायमा अघि पछि भन्दा आर्थिक कारोबार दोब्बर बृद्धि हुने ब्यवसायी बताउंछन् ।

सिद्धबाबा मन्दिर संरक्षण समितिका अनुसार यस धार्मिक मेलामा भारत उत्तर प्रदेश, उत्तराखण्ड तथा कञ्चनपुरको छिमकी जिल्ला कैलाली डडेल्धुरा ,दाङ लगायत मेलामा दैनिक १५ देखि २० हजार तीर्थालु आउने गर्दछन् ।

उक्त मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।

भारतीय दर्शनार्थिहरुले नेपाली बजारबाट भेल्वेट कपडा, टर्चलाईट, बच्चाका खेलौना, ईलेक्ट्रोनिक सामानहरु लगायत नेपाली र चिनियां कम्पनिका सामानहरु लैजाने स्थानिय व्यापारी बताउंछन ।

यस धार्मिक मेलामा आउने तिर्थालु भक्तजनहरुका लागी स्थानिय प्रशासन ले शौचालय, पिउने पानी, विश्रामस्थल लगायतका सुविधा दिन नसकेको फोहोर व्यवस्थापन मा पनि स्थानिय निकाय र मन्दिर व्यवस्थापन समितिको ध्यान आकर्षण नभएको व्यापारी लगायत दर्शनार्थीहरुको गुनासो रहेको देखिन्छ । दर्शनार्थीहरुको लागि सके सम्म व्यवस्थापन भयो भने, थप धार्मिक पर्यटनको विकास हुने र स्थानिय व्यापार व्यवसायमा समेत निकै टेवा पुग्ने देखिन्छ । 


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार