महेन्द्रनगर । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागले चार वर्ष अघि कैलाली–कञ्चनपुरमा रेलमार्ग विस्तारको अध्ययन गरेको थियो ।
मन्त्रालयको प्राविधिक समूहले कैलालीको सुखडदेखि गड्डा चौकीसम्म ९० किलोमिटर रेल विस्तारका लागि रेखांकन गरेको हो । बुटवल देखि कञ्चनपुरको गड्डा चौकीसम्म झण्डै चार सय मिटर रेलमार्ग विस्तार गर्ने भन्दै विभागको प्राविधिक समूह २०७५ मा कैलाली आएको थियो ।
रेलमार्ग विस्तारका लागि अध्ययन भएको चार वर्ष वितिसक्दा पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम पूरा भएको छैन । रेल विभागका प्रवक्ता अमन चित्रकारले डीपीआरको काम अन्तिम चरणमा रहेको बताए ।
पश्चिममा डीपीआरको काम करिब करिब सकिएको छ । अरु काम केही भएको छैन । ‘पश्चिममा बुटवल–लमही, अमही–कोहलपु, कोहलपु–सुखड र सुखड–गड्डा चौकी गरेर सर्वेक्षण गरिएको हो। डीपीआरमा धेरै ठाउँमा स्टेसनहरु छन् ।
पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको दुबैतिर (उत्तर–दक्षिण) बाट रेल मार्गको सर्वेक्षण गरिदैछ । डीपीआरको काम लगभग भएको छ। इआएको काम बाँकी छ । काम हुँदैछ,’ उनले भने ।
कैलाली–कञ्चनपुर खण्डमा रेल मार्ग विस्तारका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम पूरा नभएकाले वातावरणीय प्रभाव मूल्यांकनको काम बाँकी छ ।
रेल विभागले डीपीआरको काम पूरा नभएकाले इआए हुन सकेको छैन् । रेलमार्ग निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागको समूहले कञ्चनपुर र कैलालीका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।
बुटवलदेखि कञ्चनपुरको गड्डा चौकीसम्म झण्डै चार सय किलोमिटर रेल मार्ग विस्तार गर्ने योजना छ । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार पश्चिम नेपालमा रेलमार्ग विस्तार गर्ने क्षेत्रका नागरिकलाई दिइने मुआब्जाको काम समेत सुरु भएको छैन् ।
उनले भने, ‘पूर्वमा जग्गा रोक्का राखेर सूचना निकालेको हो । मुआब्जाको काम भएको छैन । राष्ट्रिय गौरवको आयोजना हो । सरकारले पैसा एकै पटक खनाउन सकेको छैन् ।’
मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुखडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माण गर्न अध्ययन गरिएको थियो । अध्ययन भएको चार वर्ष हुँदा पनि डीपीआरको कामसमेत पूरा नभएको हो ।
संघीय सरकारले रेलमार्ग विस्तारको राष्ट्रिय गौरवको आयोजनालाई बेवास्ता गरेको हो । आएको काम पूरा भएपनि मात्र डीपीआरको काम पूरा भएको मानिन्छ । कैलाली–कञ्चनपुरमा चार वर्षसम्म रेलमार्गको डीपीआर तयार भएको छैन् ।
रेल विभागले चार वर्ष पहिला कैलाली–कञ्चनपुरमा रेलमार्ग विस्तारका लागि अध्ययन थालेको थियो । तर रेल विभागले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम अझै सकेको छैन् ।