Saturday, July 27, 2024

भारतले फिर्ता नलैजाँदा नियन्त्रणमा लिइएको ४ टन रक्तचन्दन जोगाउन नेपाल प्रहरीलाई चुनौती

प्रकाशित:

महेन्द्रनगर भारतबाट चोरी तस्करी गरेर छिमेकी मुलुक चीनतर्फ लैजाने क्रममा सर्लाहीस्थित मलगंवामा प्रहरीले नियन्त्रणमा लिएको ४ टन रक्तचन्दन अहिले पनि सर्लाही वन कार्यालय परिसरमा राखिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

डेढ दशकअघि प्रहरीले नियन्त्रण लिएको रक्तचन्दन भारत सरकारले फिर्ता लैजान चासो नदेखाउँदा डिभिजन वन कार्यालय सर्लाहीमा सुरक्षा चुनौती थपिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिबन्धित तथा बहुमुल्य मानिएको रक्तचन्दन सुरक्षाको लागि वन कार्यालयले चौबीसै घन्टा २ जना सुरक्षाकर्मी खटाएको छ । सर्लाही वन कार्यालयको डिभिजन वन अधिकृतको पुरानो आवास गृहमा राखिएको छ रक्तचन्दन ।

सोको व्यवस्थापनमा सम्वन्धित निकायले ढिलाई गर्दा तस्कर र वन सुरक्षाकर्मीबीच पटक पटक झडप र हवाई फायरिङको अवस्थासमेत सिर्जना भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

डिभिजन वन अधिकृत मञ्जुर अहमदले भने, ‘वन कार्यालय परिसरमा रक्तचन्दन राख्दा हामीलाई पनि धेरै सुरक्षा चुनौती थपिएको छ, रक्तचन्दान लुट्न आउने तस्कार र वन सुरक्षाकर्मीबीच बेला बेलामा झडपको अवस्था समेत सिर्जना भयो, कुन बेला के घटना घट्छ भन्ने त्रास पनि छ ।’s5

अधिकृत अहमदका अनुसार नेपाल सरकारले पटक पटक पत्राचार गर्दा पनि विवादमा परिने र खर्चिलो हुने देखेर भारतले रक्तचन्दन आफ्नो भएको स्वीकार पनि नगर्ने र फिर्ता लैजान चासो नदेखाएको हो ।

सर्लाही वन परिसरमा १९० थान, वन विभाग कार्यालय परिसरमा करिव २ ट्रकसहित देशका विभिन्न स्थानमा प्रहरीले नियन्त्रणमा लिएको रक्तचन्दन राखिएको छ ।

रक्तचन्दन साईटिसमा सूचीकृत लोपोन्मुख प्रजातिको विरुवा हो । नेपालको जंगलमा छिटफुट रुपमा भेटिएपनि रक्तचन्दनको मुख्य उत्पादन भारतको जंगल मानिन्छ । रक्तचन्दन भारतबाट नेपालको बाटो हँुदै चीनतर्फ तस्करी हुने क्रममा देशका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित ढंगले राखिएको वन अधिकृत अहमदले जनाए ।

‘रक्तचन्दन ल्याएपछि यहाँ लुट्न पनि आए, १० राउन्ड जति हवाइ फायर पनि भयो । अनि बल्ल बल्ल बचायौ ।’ वन रक्षक धुव्र कटुवालले भने, ‘सम्वन्धित देशले रक्तचन्दन फिर्ता नलग्दा हामीलाई यहाँ धेरै समस्या भएको छ । कुन दिन फेरि लुट्न आउँछन् भन्ने त्रास भईरहन्छ ।’

विगतमा सर्लाही डिभिजन वन कार्यालय रहेको वन अधिकृत बस्दै आएको पुरानो आवास गृहमा सो रक्तचन्दन राखिएको छ । पछिल्लो समय नेपालले ल्याएको साईटिससम्वन्धि ऐन र कानुनमा रक्तचन्दन सम्वन्धित देशले फिर्ता नलगे नष्ट गर्न सक्ने व्यवस्थासमेत उल्लेख छ ।भारतले फिर्ता नलैजाँदा नियन्त्रणमा लिइएको रक्तचन्दन जोगाउन नेपाल प्रहरीलाई चुनौती

त्रिभुवन विश्वविद्यालय वन विज्ञान महाशाखा प्रमुख प्राडा राजेश राईले नेपाल साईटिस महासन्धिको सदस्य राष्ट्र भएकाले रक्तचन्दनलाई अन्तरराष्ट्रिय कानुनले रोक्ने बताए । ‘जहाँबाट आएको हो, त्यही पठाउनु पर्ने कानुनी व्यवस्था छ तर भारतले यो रक्तचन्दन मेरो हो भन्यो भने आफैले पैसा तिरेर लैजानुपर्ने भएकाले उसले यो मेरो हो नभन्ने, नेपालले पनि पैसा तिरेर पठाउन सक्ने अवस्था छैन,’ प्राडा राईले भने ।

उनका अनुसार रक्तचन्दन अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य मानिए पनि जसरी गैँडाको खागको व्यापार प्रतिवन्धित छ, रक्तचन्दन पनि त्यसरी नै प्रतिबन्धित छ ।

पछिल्लो समय नेपाल सरकारले ल्याएको साईटिससम्वन्धि कानुनमा रक्तचन्दनलाई नष्ट गर्न सक्ने व्यवस्था भएपनि त्यति सहज नभएको वन अधिकृत मञ्जुर अहमदले जनाए ।

 

ताजा समाचार

सम्बन्धित समाचार