Saturday, July 27, 2024

विवाद भएको ठाउँमा तत्काल काम अगाडि नबढाउने भारतीय पक्षको सहमत

प्रकाशित:

महेन्द्रनगर। महाकाली नदीमा भारतीय पक्षले तटबन्ध निर्माण गर्दा विवाद भएको ठाउँमा तत्काल काम अगाडि नबढाउने सहमत भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्ला अधिकारी रीना जोशीबीच बुधबार धार्चुलामा छलफल भएको थियो।

छलफलमा भारतीय पक्ष महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माणको काम रोक्न सहमत भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित महाकाली नदीको बहाब नेपालतिर फर्काउने गरी भारतीय पक्षले काम अगाडि बढाएको छ। महाकाली नदीको बहाब नेपालतिर धकेल्ने सो क्षेत्रको ‘बाँध’ हटाउन भारतीय प्रशासनले सहमति जनाएको छ।

‘तटबन्ध निर्माण गर्दा रिङ्गे ताल क्षेत्रमा थुप्रो लागेर बाँध जस्तो बनेको छ, जसले नदीको धार नेपालतिर फर्किएको थियो,’ सीडीओ उपाध्यायले दैनिक सञ्चारसंग भने, ‘सो थुप्रो हटाउन भारतीय पक्ष सहमत भएको छ, विवाद भएको ठाउँमा अहिले काम नगर्ने भनेर सहमति जनायो ।’

भारतीय पक्षलाई १० दिनको अवधि दिएकोले सो अवधिमा महाकालीको धार नेपालतिर धकेल्न गरेर बनाएको ‘बाँध’ हटाउनु पर्ने छ । तटबन्ध निर्माणको क्रममा भारततिर बनाइएका अनावश्यक अस्थायी संरचना पनि हटाउन भारतीय अधिकारी तयार भएको सीडीओ उपाध्यायले बताए ।

‘१० दिनपछि फेरि छलफल गर्ने भनेका छौं, त्यसपछि विवादित ठाउँमा दुवैतिर समन्वय गरेर काम अगाडि बढ्छ,’ उनले भने, महाकालीको बहाब नेपालतिर धकेल्न खोजेपछि आइतबार दार्चुलाबासी विरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए ।

त्यस क्रममा चार जना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए ।
भारतीय ज्यादतीका विरुद्ध नेपालीहरु दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए । त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराएका थिए ।

सो घटनाको विषयमा चर्को दबाब पछि भारतीय पक्षले छलफलका लागि तयार भएका थिए। भारतीय ज्यादतीविरुद्ध सरकारले पनि कूटनीतिक नोट पठाएको थियो । त्यसपछि नेपाल र भारतका अधिकारीबीच छलफल भएको हो।

छलफलमा नेपालको तर्फबाट सीडीओ दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिष्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करन सिह धामी सहभागी थिए । भारतकोतर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, एसडिएम दिवेश शासनीको सहभागीता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार