Friday, March 1, 2024

के के रहेछन् त खुना बस्तिका समस्याहरु ?

प्रकाशित:

महेन्द्रनगर । कन्चनपुरको भीमदत्त नगरपालिका वडा नं १८ उज्जल टोल सालघारी मा २४ वर्ष देखि बसोबास गर्दै आईरहेका खुना बस्तिहरूको आफ्नै वेदना रहेका छन् ।

झाडी फाँडेर बनेको खुना बस्ती यहाँ अहिले करिब ३० ओटा घरका छाप्राहरू रहेका छन् । भीमदत्त नगरपालिका सालघारीको किनारमा लहरै बसेका छाप्राहरूका सबैका आ-आफ्नै दुःख पिडाहरू छन् ।Open photo

कुनै छाप्राहरु खरको घाँसले छाएका छन्, कुनै छाप्रा त्रिपालले बेरिएका छन् भने कुनै टिनले छाएर बसेका छन् । कञ्चनपुरकै एक मात्र खुना बस्ति भनेर परिचित रहेको यस बस्तीमा बसोबास गर्दै आइरहेका कम्तिमा २५१ जनाको संख्या रहेको छ । त्यस मध्ये १२४ जना महिला, ९० जना पुरुष, ३५ जना बालबालिका, एक जना वृद्ध र एक चाहिँ अपाङ्ग रहेका छन् । त्यस मध्ये ३० जना महिला र १० पुरुष गरी ४० जना मतदाताहरू रहेका छन् ।

त्यस मध्ये कतिपय व्यक्तिहरू नागरिकता नभएका पनि थिए । अहिले सम्म नागरिकता किन नबनाउनु भाको भनेर सोध्दा, ूनागरिकता बनाएर अब हामिलाई के नै पो दिने हुन र, त्यस बस्तिका बासिन्दाहरूले भने ।ू

यस नगरपालिका-१८ का खुना बस्तिमा बसोबास गर्ने बासिन्दाहरू यहाँ आउँनु भन्दा अगाडि कंचनपुर क्षेत्रकै अर्को ठाउँ बाट नगरपालिका-१८ मा आएर बसोबास गरेको त्यहाँका बासिन्दाहरूले बताए । अधिकांश मानिसहरु २४ वर्ष अगाडि अर्काको घरमा काम गरी कमैया भएर बस्ने गर्दथे । यसरी नै हामीहरू आफ्नो दिन चार्य बिताउने गर्दथे । कसैले पनि आफ्नो पुर्खेउली जग्गा जमीन बेचेर नआएको त्यहाकै बासिन्दा देव वैद्यले बताए ।Open photo

यतिका वर्ष देखि बसोबास गरेता पनि अहिले सम्म हामिले यस ठाउँको जमिनको लालपुर्जा पाएका छैनौं । निर्वाचनको बेला हरेक पार्टिका उम्मेदवारहरू यहाँ आएर तिमिहरुलाई जग्गाको लालपुर्जा हात हातमा दिन्छौं भनेर भन्ने गरेका हुन्छ, तर अहिले सम्म हामिलाई कुनै पनि पार्टीका उम्मेदवारहरूले हेरेका छैनन्, भनि यस ठाउँका सबै बासिन्दाहरूले पालैपालो आफ्नो वेदनाहरू बताइ रहेका थिए ।

ूबर्खा यामको समयमा वर्षा संगै झरी पर्दा हामिलाई हिँड्नका लागी बाटो र पिउनका लागि पानी समेत हुँदैन । आकाश बाट परेको पानी समेत ढल निकास गर्ने कुनै ठाउँ नभएर घर भित्र पानी जाने गर्छ । सरकारी जग्गा भएर पनि हामीले हिँड्नका लागी बाटो पाएका छैनौं भनि वैद्यले बताए ।

बेरोजगारिको कारण आर्थिक रुपमा मजबुत नहुदा बालबालिका लाई स्कुल पढाउनका लागि कापीकलम ,पोशाक संगै राम्रो उच्च शिक्षा दिन सक्ने क्षमता छैन । आर्थिक अवस्थाका कारण बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । मजदुरी गरेर आफ्नो परिवार, घरखर्च चलाई रहेका छन् ।

दुई सय एकाउन जनाको संख्या चाप अधिक भएयता पनि उक्त बस्तीमा जम्मा तिन ओटा शौचालय रहेका छन् । शौचालय बनाउने समेत ठाउँ छैन । बिहान शौचालय जानको लागि लाइनमा बस्नु पर्ने हुन्छ, जसकारण गर्दा हामीहरूलाई शौचालयको समेत निकै समस्या रहेको छ ।

ूहामिले आफ्नो समस्याहरू नगरपालिकामा गएर पटक-पटक सुनाउँदा पनि नगरपालिकाले नसुनेको जस्तो गरेर कानमा तेल हालेर बसेका छन् । हामी बासिन्दाहरूले आफ्नो दुःख पिडाहरू कसलाई सुनाउने र कसको अगाडि गएर भन्ने बनेर त्यसै बस्ति कि अर्की बासिन्दा महिला द्रोपति खत्रीले भनिन् ।Open photo

यस्तो किसिमको दमन आखिर कहिलेसम्म हुन्छ त विपन्न बस्तीमा रु भनेर उल्टै हामीहरू लाई प्रश्न गरिरहेका थिए । जहाँ लालपुर्जा बिना विभिन्न अवसरबाट बन्चित रहेका छन् । भन्न बोल्न समेत पाएका छैनन् । यस बस्तीका बासिन्दाहरू धेरै समस्यामा परेको स्थानीय बासिन्दाहरुले आफ्नो दुःख पोखेका छन् ।

चुनावको बेला मात्र विभिन्न पार्टीका नेताहरू आएर हामीहरू संग ठुल्ठुला कुरा गर्ने गर्छन् , तर अहिले सम्म पनि हामीले कुनै पनि किसिमको सुबिधा,साधनहरू पाएका छैनौं । चुनाबमा जितेर गएसी हामीहरूलाई फर्केर समेत हेर्दैनन् । अहिले मत पाउनका लागि मात्र हामीकहाँ खोजि खोजि आउने गर्ने गर्छन् तर चुनाव पछि हामिले उमेदवारहरू को अनुहार समेत देख्न पाउँदैनौं भनेर खत्रिले भनिन् ।

ूअहिले सम्म पनि कुनै पनि पार्टीका उम्मेदवारहरूले हाम्रो समस्याहरू समाधान गरेका छैनन् । मत माग्नका निम्ति आफु कारमा चडेर आउने गर्छन तर हामीलाई हिँड्नको लागी बाटो समेत नभएको त्यहाँका बासिन्दाहरूले बताए ।ू

चुनाबको समयमा मात्र तपाईंलाई हामी बस्नका लागी घर जग्गा दिन्छौं ,जमिनको लाजपुर्जा दिन्छौं , रोजगार दिन्छौं जस्ता कुरा गर्छन् तर अहिले सम्म पनि हामीले कुनै पनि किसिमको रोजगारीको अवसरहरू पाएका छैनौं । ूउम्मेदवारहरूले काम गरेर देखाउनु भन्दा पनि उनीहरूको बोलि भनाईमा मात्र सिमित रहेको छ । जस कारणले गर्दा यस क्षेत्रमा अहिले सम्म पनि कुनै विकास भएको छैन ।Open photo

चुनाबीको प्रचार-प्रसार गर्नको लागि हामीलाई डराइ, धम्काइ गरेर लग्ने गर्छन्, यति गएन भने तिमिहरलाई यस ठाउँबाट निकाल्ने जस्ता कुरा गर्ने गरेका हुन्छन् । त्यस कारणले गर्दा हामि बाध्य भएर पनि चुनावी प्रचार-प्रसारमा जाने गर्दछौं भनि देब बैद्यले बताए ।

दिनरात मजदुर गएर हामिले आफ्नो परिवारलाई पाल्ने गरेका छौं, तर चुनाबी प्रचार(प्रसारमा गएर हामिले आफ्नो बालबालिकाहरूलाई के खुवाउने हो भनेर त्यस बस्तिका बासिन्दाहरू भन्छन् । आखिर कहिले आउँछ त खुना बस्तिमा सुःखको उज्यालोरु कहिले पाउने हुन् यस बस्तिकाका पिडितहरूले रोजगारको सुबिधारु भनेर त्यस बस्तिका बासिन्दाहरूले भने ।

ताजा समाचार

सम्बन्धित समाचार