Saturday, July 27, 2024

कञ्चनपुरमा बाम लोकतान्त्रिक गठबन्धन दोब्बरले बलियो

प्रकाशित:

महेन्द्रनगर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दल एव स्वतन्त्रबाट उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

३ प्रतिनिधी सभा सिटका लागि ३० र ६ प्रदेश सभा सिटका लागि ५० जना चुनावी मैदानमा होमिएका छन । कञ्चनपुरमा सत्ता गठबन्धन दल (नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र) ले संघका तीनै र प्रदेशका ६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा गठबन्धन गरेका छन ।

दलहरुले आ–आफ्नो दावि गर्ने कुरा स्वभाविक भएपनि अकाट्य गणितीय तथ्याङ्कले समेत कञ्चनपुरमा बाम लोकतान्त्रिक गठबन्धन बलियो देखाएको छ ।

गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह वडामा राजनीतिक दलले पाएको मतभार अनुरुप पनि जिल्लाभरी ९ वटै निर्वाचन क्षेत्रमा गठबन्धन दोब्बर मतले बलियो देखिएको छ ।

सत्ता गठबन्धन आफ्ना मुख्य प्रतिस्पर्धी एमाले भन्दा दोब्बरले बलियो देखिएको छ । विपक्षीय गठबन्धनका तर्फबाट (नेकपा एमाले–राप्रपा) विच क्षेत्र एक क्षेत्रमा मात्रै गठबन्धन भएको छ ।

एमाले, राप्रपा बिच ३ नम्बर क्षेत्रमा मात्रै गठबन्धन भएको छ । चुनाव चिन्ह पाए पछि स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा गएका छन । ठुला सहितका साना राजनीतिक दल समेत चुनावी प्रचारमा गएका छन ।

सत्ता गठबन्धन र विपक्षी गठबन्धन आ–आफ्नोपार्टी एव एकल रुपमा चुनावी छलफल, बैठक तयारीमा जुटेका छन । काँग्रेस, एमाले, माओवादी, समाजवादी, राप्रपा, लोसपा, मौलिक जसरोकिलो, विपी काँग्रेस, नेमकिपा सहितका राजनीतिक दलका ८० उम्मेदवार चुनावमा होमिएका छन । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा यस्तो छ ।

निर्वाचन क्षेत्र १ मा काँग्रेस र माओवादी सत्ता गठबन्धनका तर्फबाट पुर्व खानेपानीमन्त्री बिना मगर र एमालेबाट तारालामा तामाङ्गविच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस अघि ०७४ को निर्वाचनमा बिना मगर र तारालामा तामाङ्गसंगै निर्वाचनमा होमिएका थिए । अघिल्लो प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा मगरले संघ र तामाङ्गले प्रदेशमा जितेका थिए ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काँग्रेस १८ हजार ६६३, एमाले १८ हजार, ५९९, माओवादी १५ हजार ८६१, समाजवादी ३ हजार ४९८ , राप्रपा २ हजार १सय र अन्य ४ हजार ६० मत पाएका थिए ।

निर्वाचन क्षेत्र २मा पनि काँग्रेस र माओवादी सत्ता गठबन्धनका तर्फबाट पुर्व सिँचाईमन्त्री एनपी साउद र एमालेबाट निर्वतमान संसद नर बहादुर धामीविच प्रतिस्पर्धा हुने भएकाले छ ।

०७४ को निर्वाचनमा धामी ९माओवादी र एमालेबाट बाम गठबन्धनका साझा उम्मेदवार भएका बेला निर्वाचित भएका थिए । ०७० मा काँग्रेस नेता साउदले एमाले नेता धामी र ०७४ मा एमाले नेता धामीले काँग्रेस नेता साउदलाई पराजित गरेका थिए । अघिल्लो प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा साउदले २४ हजार ८३९ मत ल्याएका थिए ।

भने धामीले ३३ हजार २२० मत ल्याएका थिए । गत स्थानीय तह निर्वाचनमा काँग्रेस २२ हजार ४९९, एमाले १९ हजार २९२, माओवादी १३ हजार ४७८ , समाजवादी ४ हजार ६६७ , राप्रपा ३ हजार ७४६ , अन्य ३ हजार ७८२ मत ल्याएका थिए ।

निर्वाचन क्षेत्र क्षेत्र ३ काँग्रेस, माओवादी गठबन्धनका तर्फबाट पुर्वभौतिकमन्त्री रमेश लेखक र एमाले, राप्रपा गठबन्धनबाट निर्वतनमान संसद निरुदेवी पालविच प्रतिस्पर्धा हुने भएको छ ।

अघिल्लो निर्वाचनमा लेखक (माओवादी, एमाले) बाम गठबन्धनका उम्मेदवार डा। दिपक प्रकास भट्टसंग झिनो मत २५७ मतले पराजित भएका थिए ।

अहिले राप्रपाको साथमा एमाले नेतृ पाल र माओवादीसंगको गठबन्धनमा काँग्रेस नेता लेखक चुनावी मैदानमा होमिएका छन । गत स्थानीय तह निर्वाचनमा काँग्रेस २२ हजार ५८ , एमाले १५ हजार ८१६ , माओवादी ७ हजार ८८३ , समाजवादी २ हजार ५सय , राप्रपा ६ हजार २८० र अन्य २ हजार ४सय मत ल्याएका थिए ।

उक्त मत वडामा सम्बन्धीत पाटीका उम्मेदवारले पाएका थिए । यद्यपी माओवादी र समाजवादीविच चुनावी तालमेल भएको थियो । अतिपय वडाहरुमा समाजवादी र माओवादीका उम्मेदवारी थिएनन । स्थानीय तहमा भएको निर्वाचन मत परिमाण अनुरुप अहिले सत्ता गठबन्धन नै बलियो देखिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार