Saturday, July 27, 2024

महेन्द्र राजमार्गभन्दा पुरानो बाटो बनेन : बलदेव

प्रकाशित:

महेन्द्रनगर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ मा एउटा बाटो छ । जुन बाटो महेन्द्र राजमार्गभन्दा पनि पुरानो बाटो हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चप्परगाउँ चोकबाट दक्षिणतर्फ सूर्योदय आधारभुत विद्यालय जाने क्रममा करिब ५०० मिटरको बाटोको स्तरउन्नति गर्ने सन्दर्भमा आजसम्म ‘न’ नेताले हेरे ‘न’ त स्थानीय सरकारले नै प्राथमिकतामा राख्यो ।

त्यो बाटोभन्दा नयाँ बाटा बने, पीच भए तर त्यहाँ कसैको नजर नपर्दा बर्षायाममा डुवान हुन्छ । महेन्द्र राजमार्ग लगायत उत्तरबाट आउने पानी जम्मा भएर त्यही बाटोमा जम्मा हुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । किनकि त्यहाँ ढल तथा नालीको ब्यवस्थापन छैन ।

हिउँदमा धुलाम्य भएर प्रदुषण हुन्छ । त्यति मात्र होइन पानी पर्दा बर्खायाममा बालबच्चा स्कुल जान पाउँदैनन् । कतिपय अवस्थामा बालबालिका नै डुब्छन् कि भन्ने डर स्थानीयलाई छ । त्यहाँ करिब ४० घर परिवारले यस्तो दुख हरेक बर्ष पाइरहेका छन् ।

त्यही बाटोको नजिकै एमालेका केन्द्रीय सदस्य तथा आगामी मंसिर ४ गतेको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका बलराम अधिकारीको घर पनि छ ।

उनी त्यही बाटो पटकपटक ओहरदोहर गर्छन् तर त्यो बाटोको दुर्दशाको बारेमा उनलाई चासो छैन । त्यही बाटो बनाउने चुनावी मुद्धा बनाएर एमालेले दुईदुई पटक स्थानीय सरकारमा वडा अध्यक्ष जित्यो ।

तर त्यो बनाउने सुरसार अहिलेका वडा अध्यक्षले देखाउँदैनन् । ‘हिजो चुनाव जितेका जनप्रतिनिधि र कुनै दलका नेताले पनि त्यो बाटो स्तरउन्नति गर्ने सवालमा चासो नदेखाएको बताउँछन्’, स्थानीय सूर्य गौतम ।

यही समस्या बोकेर पटकपटक नेता र स्थानीय सरकार गुहारेका सूर्य गौतम अब अन्तिमपटक नेताहरुलाई हारगुहार गर्दैछन् । अरु बेला घुम्न नआए पनि चुनावको बेला नेताहरु आउँछन् भन्ने विश्वासमा रहेका उनले शुक्रबार चप्परगाउँमा चुनावी प्रचारमा हिँडेका वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका बलदेवलाई भेटे र आफूहरुको दुख सुनाए ।

उनले भने ‘बलदेव ज्यू हाम्रो घरनजिक महेन्द्र राजमार्गभन्दा पुरानो बाटो छ । आजसमम कुनै नेताले हेरेनन् । यो बाटो बनाउनु पर्यो, हजुरलाई हामी सबैले भोट दिन्छौँ । हाम्रो माग धेरै छैन सके पीच नभए पनि नाली र ढलको निकास गराइदिनुपर्यो ।

हामीलाई स्थानीय सरकाले पनि हेरेन । उनले थपे बर्खामा त हामी दुख पाउँछौँ । यहाँ डुबान हुन्छ । बालबालिका नै डुब्ने खतरा छ । हिँडडुल गर्न पनि धुलोले गर्दा समस्या छ । केही त गर्नु पर्यो । अब अन्तिम भरोसा तपाईसंग मात्र छ । धेरै नेतालाई गुहारीसक्यौँ तर समस्या समाधान भएन ।’

गौतमका कुरा ध्यानपूर्वक सुनेका बलदेवले अब आफ्नो बसाई पनि वडा नम्बर ८ मै रहेकाले हेरेर चुनावपछि बनाउने प्रतिवद्धता जनाए । उनले गौतमलाई भने ‘म मन्त्री भए पनि यसबाटोको बारेमा कसैले जानकारी दिनुभएन । यति काम स्थानीय सरकारले पनि गर्न सक्दथ्यो । के कारणले बाटो बनेन हेरेर तुरुन्त काम अघि बढाइन्छ । चिन्ता नलिनु ।’

बलदेवले आफूले जितेपछि अब कपिलवस्तुको कायापलट गर्ने बताए । हिजो मन्त्री हुँदा केही कमजोरी रहेको स्विकार गर्दै उनले आगामी दिनमा त्यस्तो गल्ती दाहोरिन नदिने बताए ।

बलदेवको आश्वासनपछि उनी खुसी भए । त्यसैगरी स्थानीय अमृता पौडेलले पनि मिडिया र बलदेवसामु त्यही समस्या सुनाइन् । बाटो बनाउने शर्तमा बलेदेवलाई भोट दिने उनले बताइन् ।

सबै उम्मेदवारसंग आफ्नो समस्या राखे पनि भरोसा भने बलदेवसंग मात्र रहेको स्थानीयको भनाई छ । स्थानीय अगुवा राजु अधिकारी पनि पुरानो बाटोको दुर्दशा कसैले नदेखेकोमा चिन्तित छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार