Saturday, July 27, 2024

दोधारा चाँदनीको माटो चिन्ने नेताः विकास निर्माणका सवालमा तीन भाईको अर्थपूर्ण एकता

प्रकाशित:

महेन्द्रनगर ।  मंसिर ४ मा हुँने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा नेपालका प्रमुख राजनीतिक दलहरुको लागि रस्साकसीको क्षेत्र बनेको छ, दोधारा चाँदनी ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

क्षेत्र नं. ३ मा लोकतान्त्रिक वाम गठबन्धन संगै एमाले–राप्रपाको गठबन्धन पनि आफ्नो पोल्टामा मत सिर्जना गर्नका लागि दोधारा चाँदनीमा निकै कसरत गरिरहेका छन् ।

आखिर चुनावका बेला मात्रै दोधारा चाँदनी किन प्रमुख राजनीतिक दलहरुको प्रमुख एजेण्डा बन्ने गर्छ ? चुनावताका राजनीतिक दलहरु भीमदत्त भन्दा बढी प्राथमिकतामा दोधारा चाँदनीलाई राख्छन ? किन दोधारा चाँदनीमा हैकम जमाउन खोज्छन ? बडेमानका सपना जनतालाई किन बाड्न खोज्छन ? यी र यस्तै दजनौं प्रश्न छन, दोधारा चाँदनी संग ।

०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित दोधारा चाँदनी, गत बैसाख ३० को निर्वाचनबाट नेकपा एमालेको अखडा बनेको राजनीतिक वृतमा कुरा गरिन्छ । तर यथार्थ बेग्लै छ । कांग्रेसले एक मात्रै वडामा विजय हासिल गरेकोमा कमजोर र एमालेले ६ वडा जितेकैमा बलियो भन्ने कुरा तथ्यांकका लागि मात्रै हुन सक्छ । दोधारा चाँदनीमा एमाले ६, राप्रपा २, कांग्रेस र माओवादी केन्द्रले १/१ वडामा वडाध्यक्ष पाएका छन् । यद्यपी संख्यात्मक हिसावमा दोधारा चाँदनीमा कांग्रेस नै पहिलो पार्टी छ । यी त सबै अंक गणितका कुरा भए, अब कुरा आउछ, सत्ता सठबन्धन र एमाले–राप्रपा गठबन्धनको ।

दोधारा चाँदनीमा कांग्रेस घर–घर सम्म पुगेको पार्टी हो भने, एमाले पुग्न कोशिस गरिरहेको पार्टी हो । दोधारा चाँदनीको माटो चिन्ने व्यक्तिलाई राजनीतिक पार्टी र व्यक्तिको नाम सोध्दा यी नाम मात्रै अग्र पंतिमा आउछन्, बिर बहादुर सुनार, रमेश लेखक, मान बहादुर सुनार, बेल बहादुर राना, इन्द्र बहादुर खत्री, स्वर्गीय नैनसिंह खड्का, स्वं. देव गिरी, स्वं. बिर सिंह बुढा (सभापति), स्वं. सेते गिरी, स्वं. विजय प्रधान । यी नामहरु मध्ये अग्रपक्तिका ४ जना एका तिर उभिएका छन्, भने राप्रपा नेता खत्री एमाले बोकेर चुनावी मैदानमा छन् ।

दोधारा चाँदनीको माटो संग परिचित ४ नेता मध्ये रमेश लेखक र बेल बहादुर राना उम्मेदवारी सहित चुनावी दौडमा छन्, उनीहरु उम्मेदवार दुवै जनालाई साथ दिन दोधारा चाँदनीका निवर्तमान मेयर बिरबहादुर सुनार र सुदूर पश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनार कस्सिएर लागेका छन् । यद्यपी बिरबहादुर र मान बहादुर फरक फरक पार्टीका भएपनि नातामा काका–भतिजा हुन् । दोधारा चाँदनीकोे राजनीतिमा सुनार परिवारको प्रभाव अर्थपुर्ण छ ।

लोकतान्त्रिक वाम गठबन्धनमा कांग्रेस, माओवादी, समाजवादी सहित ५ राजनीतिक दलहरु एक भएका छन् । त्यसै बिच दोधारा चाँदनीको राजनीतिमा सुनार परिवारको एकजुटता र दोधारा भेगबाट बेलबहादुरको बाहुल्य सर्कलले राजनीतिक ओझ देखाएको छ ।

दोधारा चाँदनीलाई विकासको कडी दिने नेताको रुपमा आफै परिचित छन्, रमेशले लेखक । १० अर्ब भन्दाको बढीको विकास निमार्णका काम नेता लेखकले चाँदनीकै लागि ल्याएका छन् । भने त्यत्तिकै दोधाराका लागि पनि । ०५६ देखि आजको मिति सम्म नेता लेखक दोधारा चाँदनीको विकासका लागि अनवरत खटिएका छन्। चाँहे सत्ता, पावर र पहुँचमा होस, या बाहिर होस, नेता लेखकको एकमात्रै धेय हुन्छ, दोधारा चाँदनीको विकास र समृद्धि ।

अब कुरा गरौं एमाले राप्रपा गठबन्धनकोः गत स्थानीय निर्वाचनको अंक गणितलाई हेर्दा उक्त गठबन्धन भारी तथा ओझिलो झै लाग्छ । तर त्यो आझिलोपना राख्नलाई दोधारा चाँदनीले आफ्नो क्षेत्रको उम्मेदवार नपाएको स्थानीय राजनीतिक विश्लेशकहरुको तर्क छ ।

एमाले र राप्रपाको गठबन्धन हुँदा दोधारा चाँदनीबाटै नै प्रदेश एवं प्रतिनिधि सभाको उम्मेदवार पाएको भए केहि फरक र झुकावको नतिजा हुँने उनीहरुको ठहर छ। यद्यपी उक्त गठबन्धनमा भीमदत्त नगरपालिकाको निवर्तमान मेयर सुरेन्द्र बिष्ट प्रदेश सभा र निवर्तमान सांसद निरु पाल प्रतिनिधि सभाका लागि उम्मेदवार छन् ।

बिष्ट र पाल निर्वाचित र ताजा परिपेक्षमा परिक्षण भइसकेको व्यक्ति एकातिर छ, भने महाकाली वारी अर्थात दोधारा चाँदनीका लागि पर्यटकको संज्ञा अर्कोतिर छ । तसर्थ दोधारा चाँदनीका लागि ‘हेवी वेट’ नेताका सामु निर्बल उम्मेदवारको तर्क दिन्छन्, स्थानीय ।

दोधारा चाँदनीमा एमाले राप्रपा गठबन्धनलाई सफल बनाउन युवा नेता ओम बस्नेत लगायत अन्य वडाध्यक्षहरुको लगनशिलतालाई समेत नोट गरिएको छ ।

स्थानीयको भनाई अनुसार, यस पटक दोधारा चाँदनीको विकासका लागि आफ्नै भूमिका, मोटो पहिचान गर्न सक्ने, दोधारा चाँदनीबासीलाई चिन्न सक्ने र दोधारा चाँदनीलाई आफ्नो गौरव मान्ने नेतालाई स्वीकार गर्ने विचार छ ।

ताजा समाचार

सम्बन्धित समाचार