Thursday, April 25, 2024

कांग्रेस पहिलो पार्टी बन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनको पक्षमा दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । आसन्न निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने उनको दाबी छ ।

चुनाव निष्पक्ष र भयरहित ढंगले सम्पन्न हुन्छ । निर्वाचन आयोगलाई सरकारको पूरा सहयोग रहन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन भएको छ । अर्कोतिर केपी ओलीजीले पनि गठबन्धन गर्नु भएको छ । त्यसैले मैले भन्दै आएको छु–मंसिर ४ को चुनाव संविधान च्यात्ने शक्तिका विरुद्धकोे लडाइँ हो ।

प्रधानमन्त्रीको लहडको भरमा संसद भङ्ग गर्न मिल्दैन । पार्टी मिलाउन नसकेर संसद भङ्ग गर्न पाइँदैन । केपी ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गराउनु भयो । केपी ओलीलाई प्रधामन्त्रीबाट हटाएर भए पनि संसदको पाँच वर्ष कार्यकाल कायम भएको छ ।

ओलीजीले बसाल्न खोज्नु भएको संसद भङ्गको परम्परालाई सत्ता गठबन्धनले हटाएको छ । संसद भङ्ग गर्ने अधिकार कोही कसैलाई छैन । सत्तारुढ गठबन्धनले कस्तो नतिजा ल्याउने आकलन गर्नु भएको छ ? हाम्रो गठबन्धनको ‘टू थर्ड मेजुरिटी’ (दुई तिहाइ बहुमत) आउँछ । जनताले सत्ता गठबन्धनका दलहरूलाई अत्यधिक मतले जिताउने विश्वास लिएको छु ।

यससँगै पाँच वर्षमा देशमा धेरै ठूलो प्रगति गर्छौं । विकासमा फड्को मार्छ देशले । देशलाई समावेशी लोकतन्त्रको जग बसाल्ने र स्थायित्वमार्फत समृद्धि, समुन्नतिको बाटोमा अघि बढाउने छौँ । केपी ओलीजीको पार्टीलाई किन मत दिने रु उहाँ संसद विघटन गरिहाल्नु हुन्छ । संविधानमाथि खतरा छ ।

अस्ति पनि हामीले गठबन्धन गरेर उहाँलाई रोकेको होइन रु फेरि उहाँकै पार्टीलाई जनताले मत दिनुहुँदैन । ओलीजीको पार्टीले जित्यो भने ओलीजीले फेरि संसद विघटन गरिदिनुहुन्छ । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध ठाउँठाउँमा बागी उम्मेदवार छन् । धेरै ठाउँमा असन्तुष्टि मिलाउन सक्नुभएको छैन । दुई तिहाइ ल्याउने गठबन्धनको लक्ष्यमा धक्का लाग्ला नि ?

धेरै ठाउँमा फिर्ता छ । अझै पनि जिल्ला जिल्लामा फिर्ता गराउन प्रयास भइरहेको छ । हामी मिलाउँदै छौं । प्रचण्डजी र माधवजी पनि लागिराख्नु भएको छ । अत्यन्तै उत्साह जनतामा छ । जनताले गठबन्धनका उम्मेदवारहरूलाई जिताउने माहोल देखिएको छ ।

हामी लोकतन्त्र र संविधान रक्षाका लागि एक ठाउँमा आएका हौँ । धेरै ठूलो लडाइँपछि संविधानमा उल्लेख भएको संघीयता, गणतन्त्र, समावेशीतालाई समाप्त पार्ने प्रयास भइरहेको छ । हामी सचेत छौं । जनता पनि सचेत हुनुपर्छ ।

सत्ता गठबन्धनभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका विषयमा केही सहमति भएको छ ? छैन–छैन । त्यो विषयमा हामीले छलफल नै गरेका छैनौँ । राष्ट्रपति र प्रधानमन्त्री कसले लिने भनेर नै कुराकानी भएको छैन । गठबन्धनलाई दुई तिहाइ सिटमा कसरी जिताउन सकिन्छ भन्नेमा हाम्रो छलफल केन्द्रित थियो ।

चुनावपछि ५ दलीय गठबन्धन कायम रहने आधार के छ रु भत्किन्छ पनि भन्छन् नि ? गठबन्धन भत्किँदैन, भत्किँदैन । गठबन्धन चुनावका लागि मात्रै होइन । स्थिर सरकार, स्थायी शान्ति र स्थिरताका लागि हो । यो गठबन्धन १०–१५ वर्ष जारी रहन्छ । प्रचण्डजी, माधवजी पनि गठबन्धनलाई जारी राख्ने पक्षमा हुनुहुन्छ ।

गठबन्धन जति बलियो भयो, त्यति नै बलियो सरकार बन्छ । समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ । राजनीतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक छ । एक्लै कुनै पार्टीको बहुमत आउन सक्दैन । त्यसैले पार्टीहरू मिल्नुपरेको छ ।

गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं भनेर हामीले भनेका छौं । सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने हामी त्यता पनि विचार गर्छौं ।

यो गठबन्धन आवश्यकताले बनेको हो, रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । व्यक्तिगत रुपमा मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ ।

मंसिर ४ पछि कांग्रेसको अवस्था के हुन्छ ? नेपाली कांग्रेस पहिलो पार्टी बन्छ । नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा कुनै दुई मत छैन । अहिले नेपाली कांग्रेसकै पक्षमा देशभरि सकारात्मक सन्देश प्रवाह भइरहेको छ । सुदूरपश्चिमको दार्चुलास्थित कालापानी, लिपुलेक, लिम्पियाधुरा पनि चुनावी मुद्दा बनेको छ । भूमि फिर्ताका लागि सरकारले कस्तो पहल गरिरहेको छ ?

कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्याबारे भारतसँग र हुम्लाको सीमा विवादबारे चीनसँग कूटनीतिक माध्यमबाट हामी अगाडि बढ्छौं । दुवै छिमेकीसँग वार्ता र कूटनीतिक पहल गरेर उत्पन्न समस्या समाधान गर्नुपर्छ, यसमा सरकारले प्रयास गर्नेछ ।

यो विषयलाई एमाले अध्यक्ष केपी ओलीले चुनावी मुद्दा बनाएको देखिन्छ, यसबारे तपाई के भन्नुहुन्छ ? दार्चुला गएर भाषण गरेर कालापानी, लिपुलेक, लिम्पियाधुरा आउँछ रु बन्दुक ल्याएर कि लड्नुप-यो । होइन भने कुटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो ।

भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिए भइगयो नि । त्यसैले सीमा समस्याजस्तो समवेदनशील विषयलाई चुनावी मुद्दा बनाउनु राम्रो होइन । त्यस्तो गर्नु हुँदैन । तपाई सातौं पटक डडेल्धुराबाट चुनाव लड्दै हुनुहुन्छ, जित्नेमा ढुक्क हुनुहुन्छ ? डडेलधुराका जनताले सधैँ जिताउँदै आउनु भएको छ । यसपटक पनि भारी मतान्तरले जित्छु । म ढुक्क छु, ढुक्क छु ।

सातौं पटक उम्मेदवार बन्दा डडेल्धुराको विकासका सन्दर्भमा कस्ता योजना अघि सार्नुभएको छ ? डडेल्धुराको विकास गर्नु मेरो मुख्य कर्तव्य हो । धेरै विकास भएका छन्, अझै विकास गर्छु । डडेल्धुरालाई सम्पन्न जिल्ला बनाउने मेरो लक्ष्य छ । जोडबुढा, चिर्किटे र डडेल्धुरा जोड्ने सडकलाई कालोपत्रे गर्ने छु ।

सबै गाउँमा बाटो र सबैका घरघरमा बिजुली पुर्याउने छु । घटालबाबाको मन्दिर, उग्रतारा भगवतीको मन्दिर लगायतका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने छु । अजयमेरुको पुइलेकमा विमानस्थल निर्माण हुन्छ । पश्चिम सेती र एसएसआर ९तल्लो सानो सेती० जलविद्युत् आयोजना निर्माण गरी सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिक उपार्जनको आधार तयार गर्ने छु ।

महाकाली नदीमा पुल निर्माणका लागि भारतसँग कुरा भइरहेको छ । खानेपानीको अभाव रहेका गाउँहरूमा पानी पुर्याएरै छोड्नेछु । ६ पटकसम्म चुनाव जिताउँदा पनि तपाईंबाट अपेक्षाकृत काम हुन सकेन भन्ने गुनासो पनि सुनिन्छ त ? डडेल्धुरामा मैले विकास नगरे कसले गर्‍यो त रु विकास भएको छ । अझै पनि हुन्छ । मैले विकास गर्छु गर्छु ।

ताजा समाचार

सम्बन्धित समाचार