Saturday, July 27, 2024

चुनाव पछि कसले गर्ला सुदूरपश्चिमको नेतृत्व ?

प्रकाशित:

महेन्द्रनगर । चुनावी सरगर्मी बढ्दै जाँदा मंसिर ४ पछि सुदूरपश्चिमको मुख्यमन्त्री को होलार ? भन्ने अड्कलबाजी सुरु भएको छ । निर्वाचन आउन अब केही साता बाँकी रहँदा नेताहरू मतदाता रिझाउन बस्ती र घर घर पुगिरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पहिलो प्रदेश सरकारको पूरा कार्यकाल बिताएर त्रिलोचन भट्ट बिदा हुँदै गर्दा नयाँ मुख्यमन्त्रीको चर्चा सुरु भएको हो । मंसिर ४ पछिको राजनीतिक समीकरण कस्तो होलारु त्यो त चुनावी परिणामले देखाउला । तर, प्रमुख राजनीतिक दलका केही नेता अहिलेदेखि नै मुख्यमन्त्रीको दौडमा निस्किसकेका छन् ।

यद्यपि मुख्यमन्त्रीको दौडमा रहेका नेताहरुले चुनाव जित्ने नजित्ने ग्यारेन्टी मंसिर ४ पछि मात्रै हुनेछ । सुदूरपश्चिमले यसपटक मुख्यमन्त्रीमा नयाँ अनुहार पाउने छ । ०७४ चुनावपछि मुख्यमन्त्री माओवादी केन्द्रका भट्टले यसपटक टिकट नै पाएनन् ।

डोटी प्रदेश सभा ९२० मा मुख्यमन्त्री भट्टको टिकट खोसेर उनकै स्वकीय सचिव शिवसिंह ओली यसपटक चुनाव लड्दै छन् । ३२ प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१ समानुपातिक सांसदसहित ५३ जनाको प्रदेशसभा छ । प्रदेश सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

‘चुनावी नतिजामा असर पर्न सक्ने डरले मुख्यमन्त्रीका आंकाक्षी नेताहरू खुलेर बोल्न सकेका छैनन्’, सत्ता गठबन्धनका एक नेताले भने, ‘चुनावी परिणाम आएपछि मुख्यमन्त्रीका लागि धेरै आंकाक्षी देखिएलान् ।’ यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेर चुनावमा होमिएका छन् ।

३२ प्रदेश सभा क्षेत्रमध्ये नेपाली कांग्रेस गठबन्धनबाट १८, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी २ क्षेत्रमा भिड्दै छन् । एमालेले पनि जसपा र राप्रपालाई १–१ प्रदेश सभा क्षेत्र दिएर चुनावी तालमेल गरेको छ । उसले प्रदेश सभाका ३० क्षेत्रमा आफ्ना उम्मेदवार उभ्याएको छ ।

अघिल्लो संसदको हिसाब
०७४ सालमा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा सुदूरपश्चिममा वाम गठबन्धनले सरकार बनाएको थियो । केन्द्रीय राजनीति आएको उतारचढावको असर प्रदेश सरकारमा परे पनि नेतृत्व परिवर्तन भएनन् । तर सरकारबाट बाहिरिने र सहभागी हुने क्रम रोकिएन ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ गरेर तत्कालीन नेकपाका कूल ३९ सांसद थिए । नेपाली कांग्रेसका १२ तथा जसपा र लोसपा १र१ सांसद थिए । तत्कालीन नेकपाको धुव्रीकरणमा ओली पक्ष सुदूरपश्चिम प्रदेश सभामा कमजोर थियो । सर्वोच्च अदालतले नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पनि भट्ट नेतृत्वको सरकारमा केही असर परेको थिएन ।

उनले ५ वर्ष पूरै प्रदेशको नेतृत्व गर्ने अवसर पाए । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा एमालेका १४ प्रदेश सांसद समाजवादीतिर लागेका थिए । यो सँगै एकीकृत समाजवादी प्रदेश सभामा ठूलो दल बनेको थियो ।

नेकपाको आन्तरिक द्वन्द्व हुँदै गर्दा प्रदेश सरकारबाट बाहिरिएको ओली पक्ष एमाले ब्यूँतिएपछि प्रतिपक्षमा पुग्यो । प्रमुख प्रतिपक्षका रूपमा रहेको कांग्रेस र एमालेमा विद्रोह गरेर जन्मिएको एकीकृत समाजवादी सरकारमा गएका थिए ।

अहिले पनि माओवादी नेतृत्वमा एकीकृत समाजवादी र नेपाली कांग्रेसको संयुक्त प्रदेश सरकार छ । पहिलो प्रदेश सरकार विदा हुँदै गर्दा नयाँ मुख्यमन्त्रीको दौडमा नेताहरु को को छन् ?

माओवादीबाट खगराज भट्ट सुदूरपश्चिमको इन्चार्ज हुन् । डडेल्धुरामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका पुराना प्रतिस्पर्धी भट्ट यसपटक प्रदेश सभामा चुनाव लड्दै छन् ।

सत्ता गठबन्धनबाट डडेल्धुरा प्रदेश सभा १ ’१’ मा भट्ट साझा उम्मेदवार छन् । ०६४ सालदेखि डडेल्धुरामा देउवासँग प्रतिस्पर्धा गरिरहेको भट्ट माओवादीबाट सुदूरपश्चिमको मुख्ममन्त्रीका प्रबल दाबेदार हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमतिपछि नै उनी प्रतिनिधि सभा देउवालाई छाडेर प्रदेश सभामा झरेका छन् ।मुख्यमन्त्री बन्ने योजना बनाएर प्रदेशसभा चुनावमा होमिएका खगराजकै सक्रियतामा बहालवाला मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट रोकिएको थियो ।

गठबन्धनका नेताहरूबीचको सहमतिअनुसार आफू आगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने खगराज भट्ट बताउँछन् ।
‘मुख्यमन्त्री दिने सहमतिपछि नै प्रदेशसभाको चुनाव लडेको हो’, उनले भने, ‘हामी राम्रो मत प्राप्त गरेर गठबन्धनसहित चुनाव जित्छौँ, सरकार बनाउँछौँ ।’

कांग्रेसबाट कोरु
नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आंकाक्षी धेरै छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा. रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, संविधानसभा सदस्य दिवानसिंह विष्टलगायतको मुख्यमन्त्रीमा दाबी छ ।

कैलाली १ ९२० बाट ०७४ मा विजयी रावल यसपटक पनि त्यही क्षेत्रबाट सत्तारुढ दलको साथ लिएर चुनाव लड्दै छन् । उनी निर्वाचित भएमा कांग्रेसबाट मुख्यमन्त्रीका प्रबल दाबेदारका रूपमा हेरिएका छन् । यसअघि केन्द्रमा कांग्रेसको नेतृत्वमा गठबन्धन तयार हुँदा रावलले प्रदेश मुख्यमन्त्री बन्ने कसरत गरेका थिए । तर उनी सफल हुन सकेनन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता रावलका लागि कैलाली १ ९२० मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमालेका द्वारिकाप्रसाद न्यौपाने चुनौती छन् ।

०७४ समानुपातिक सांसद रहेका कांग्रेस नेता बोहरा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेर डडेल्धुरा १९२० मा चुनावमा होमिएका छन् ।

बोहराले चुनाव जितेमा उनी पनि मुख्यमन्त्रीको दाबी गर्न सक्ने कांग्रेस नेताहरू बताउँछन्।बोहराका प्रतिस्पर्धी एमालेबाट गजेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट ताराप्रसाद जोशी छन्।

जोशीलाई कांग्रेस बीपीको पनि समर्थन छ।यस्तै, कञ्चनपुर १ माओवादी नेत्री बिना मगरलाई छाडेका संविधान सभा सदस्य दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीका आंकाक्षी छन् ।

‘केन्द्रीय नेताहरूले प्रदेशमा व्यवस्थापन गर्ने आश्वासनपछि प्रतिनिधि सभाबाट ब्याक भए’, विष्टले भने, ‘कांग्रेसबाट मुख्यमन्त्रीको दाबी रहन्छ ।’

 

 

ताजा समाचार

सम्बन्धित समाचार