२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

‘मलाई नो नट एगेन होइन, वान्स अगेन भन्नुपर्छ’ : प्रचण्ड

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । पछिल्ला तीन चुनावमा प्रचण्डले असाध्यै बहुमतले चुनाव जित्ने, बल्लबल्ल चुनाव जित्ने, पराजित हुने तिनै किसिमको अनुभव लिए । समकालीन नेताहरूको तुलनामा संसदीय राजनीतिमा नयाँ भए पनि जोड–घटाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबभन्दा अब्बल देखिन्छन् ।

प्रतिनिधिसभा चुनाव २०७९ का लागि भने चितवन छोडेर गोरखा रोजेका उनले भनेका छन्– यसपालि मलाई ढुक्क छ । प्रस्तुत छ, आम चुनाव, गठबन्धनको निरन्तरता, वाम एकतालगायत विषयमा गरिएको कुराकानीको सम्पादित यहाँको चलायमान, गतिशीलता, छलाङ या अलिपर बसेर हेर्नेहरूको बुझाइमा भन्ने हो भने अस्थिरता जस्तो देख्दा आम मान्छे छक्क पर्छन्, तपाईं आफैंलाई चाहिं अचम्म लाग्छ कि लाग्दैन ?

मलाई तपाईंले भनेको जस्तो त्यस्तो कुनै अचम्म लाग्दैन । देश, जनता, परिवर्तन, समानता र न्यायका लागि मेरो कमिटमेन्ट सुरुदेखि नै एउटै छ । जनयुद्धको तयारी, जनयुद्ध या शान्तिसम्झौतादेखि अहिलेसम्म कहीं पनि आफ्नो वैचारिक निष्ठा र राजनीतिक प्रतिबद्धतामा कतै उतारचढाव छैन । तर कार्यान्वयनका क्रममा आउने परिस्थिति अनुसार आफ्नो कुरा स्थापित गर्न मैले ठूल्ठूला निर्णय लिने गरेकै छु ।

यी निर्णयहरू मेरो बुझाइमा देश, जनता र इतिहासप्रति जिम्मेवार भएर नै मैले लिएको छु । मेरो बुझाइ, सोचाइ र कामगराइमा उद्देश्य अर्थपूर्ण नै छन् । त्यसैले देश गतिशील भएको हो । २०५२ सालयता या २०६४ सालको ऐतिहासिक जनआन्दोलनयता हेर्नुभयो भने मेरो उद्देश्य स्थिर छ, त्यसलाई कार्यान्वयन गर्ने क्रममा कार्यनीतिमा चाहिं परिस्थितिअनुसारको उतारचढाव भएका छन् ।

समग्रमा भन्नुपर्दा मैले दार्शनिक रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा जे बुझेको छु त्यसलाई व्यवहारमा प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरें, त्यसमा म अरूभन्दा भिन्न त छु ।

मलाई गोरखा जाँदा अलिअलि रोमाञ्चक जस्तो अनुभूति हुन्छ । किनभने २२ देखि २५ वर्षसम्म गोरखामा बसेर अध्यापन गरें । युवकको मानसिकतासहित विद्यालयमा गरेका काम, एक वर्ष पढाएपछि गोरखा जिल्लाभरिको अब्बल शिक्षक भनेर पाएको सम्मान, त्यहाँका किसानहरूसँग विताएका क्षणहरू जोडिएका छन् । अहिले उम्मेदवार भएर गोरखा जाँदा बडो आनन्द अनुभूति हुन्छ । इतिहासका क्षणहरू सम्झिंदा नयाँ ऊर्जा प्राप्त भएको जस्तो हुन्छ ।

पञ्चायतविरोधी आन्दोलनका बेला म पार्टीको महामन्त्री हुँदा पार्टीको हेडक्वार्टर नै गोरखामा राखेको थियो । जनयुद्ध सुरु गर्ने अन्तिम बैठक पनि गोरखामै गरेको हो । को बाँचिन्छ, को मरिन्छ थाहा छैन भनेर हामीहरूले फोटो खिचाएका थियौं । पहिलो फौजी तालिम पनि पञ्चायतकालमा हामीले सिरान्चोकमा गरेको हो ।

त्यसैले गोरखासँग मेरो सम्बध विशिष्ट र भावनात्मक हो । त्यो सम्झिंदा रोमाञ्चकजस्तो फिलिङ आउँछ । पहिलेदेखि नै साथीहरूले गोरखा आउनुपर्छ भन्थे, म एकै ठाउँमा मात्रै बसेको छैन । चितवन जाँदा पनि गोरखाका साथीहरूले गोरखा आइदिनुपर्‍यो भन्नुहुन्थ्यो, अहिले संयोग जुर्‍यो ।

तपाईंले गोरखा छाडेर राजनीतिमा लागेपछि धेरै फेरबदल भयो । तपाईं स्वयम् प्रधानमन्त्री हुनुभयो । तर तपाईंले गोरखाका नागरिकलाई जस्तो छोड्नुभएको थियो, त्यस्तै छन् नि ?

मैले पहिले जस्तो छोडेको थिएँ, त्यस्तै छैनन् । म पढाउँदा गोरखा जाने बाटो नै थिएन । अहिले भौतिक पूर्वाधारको हिसाबले बाटोघाटो सबै पुगेका छन्, झण्डैझण्डै सबैतिर मोटरबाटो पुगेको छ । जस्ताको त्यस्तै भन्न मिल्दैन ।

बाटो मात्रै होइन, अरू पनि विकास भएको छ । राष्ट्रिय गौरवका आयोजना पनि छन् । अहिले बन्द भयो र मात्रै हो, नत्र गोरखाली रबर उद्योग पनि सानो उद्योग हैन । अब मान्छेमा शैक्षिक जागरण बढेको छ । अस्पताल बढेका छन् ।

त्यसैले प्रगति गरेन भन्ने त हैन, तर अपेक्षित प्रगति भएन भन्ने साँचो हो । गोरखामा योभन्दा धेरै प्रगति हुने आधार छन् । अहिले मैले बोकेको सपना भनेको गोरखालाई आर्थिक क्रान्तिको आधार बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने हो ।

पहिले चितवनलाई त्यस्तै सपना देखाउनुभयो, त्यहाँ अधुरै छोडेर गोरखा उक्लिनुभयो, कसरी विश्वास गर्ने ?

मलाई राष्ट्रिय नेता पनि भन्ने, अरूभन्दा फरक खालको नेता हो पनि भन्ने अनि फरक ढंगले मूभ गर्दा अर्को ढंगले हेर्ने सोचाइ त्यति सहज लाग्दैन । पहिले पनि म रोल्पा र काठमाडौंबाट त्यत्तिकै उठेको होइन, त्यसको तात्पर्य छ । भावनामा बगेर पनि होइन ।

रोल्पा युद्धको केन्द्र जस्तो बन्न पुग्यो, काठमाडौं आन्दोलनको । यो दुइटालाई जोडेर शान्तितिर लैजाने जुन प्रक्रिया सुरु गरेका छौं, त्यसमा भावनात्मक रूपले जनतालाई जोड्नुपर्छ भन्ने थियो । मधेशमा असन्तुष्टि होला कि भनेर मैले मधेशलाई विश्वासमा लिनुपर्छ भन्ने लाग्यो, सिरहा गएँ । चितवन मेरो गृह जिल्ला हो, एकचोटि जानैपर्थ्यो ।

फेरि मैले चितवनका जनतालाई जे भनेको थिएँ, त्यो झण्डै शतप्रतिशत पूरा भयो । धुलो र हिलोका बाटो थिए, पाँच वर्षमा पूरा गरेको थिएँ, तपाईंले हेर्नुभयो भने त्यो पाउनुहुन्छ ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार