Saturday, July 27, 2024

फेडोको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । दलित महिला संघ फेडोले संस्थाबाट सम्पन्न गतिबिधीको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिकाको सभाहलमा दलित महिला संघ फेडोको आयोजनामा समग्र विकासको अवरोध जातिय तथा लैङगीक विभेद नेपालमा दलित महिलाको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कञ्चनपुरमा रहेका दलित महिलाहरुलाई अहिले पनि अवसरबाट बञ्चित पारिएको उक्त कार्यक्रमका सहभागिहरुले बताएका छन् । अहिले पनि राज्यले दलित, दलित महिला, एकल दलित महिलाहरुलाई हेलाको दृष्टिकोणले हेर्ने गरेको सहभागीले बताए । उज्यालो दलित महिला समुह पिपरिया की शारदा विकले अहिलेपनि राज्यबाट पाउनुपर्नेसेवा सुविधाबाट दलित महिलाहरु प्छाडी पारिएको बताईन ।

फेडो संस्थाले संचालन गरेको कार्यक्तमबाट धेरै कुरा सिकेर समुह संचालन गरिरहेको र आफुहरुले बचत गरेको रकमले उद्यम गििरहेको उनले बताईन । आजको कार्यक्रममा भीमदत्त नगरपालिकामा रहेका ५ वटा दलित महिला समुहलाई बिउपूँजीकोरुपमा नगद २० हजार पनि वितरण गरिएको दलित महिला संघ जिल्ला कार्यक्रम संयोजक नरबहादुर औजीले जानकारी दिए ।

जिल्लामा रहेकासबै समुहलाई उनिहरुले आत्म निर्भर बन्नका लागि जिल्लामा रहेका २० वटा समुहलाई २० हजारका दर रकम प्रदान गरेको बताए । अहिले भीमदत्त नगरपालिकामा रहेका उज्यालो दलित महिला समुह, लालीगुँरास दलित महिला समुह तिलकपुर, मिलन दलित महिला समुह तिलकपुर, प्रगती दलित महिला समुह तिल्केनी, र बैजनाथ दलित महिला समुह हल्दुखाल गरी ५ वटा समुहहरुलाई २० हजार बिउँ पूँजीकोरुपमा हस्तान्तरण गरिएको उनले बताए ।

आफुहरुले पाएकोबिउँपूजीले समुहमा पनिजम्मा गरिएकोरकमले समुहमा नै लगानी गरि व्यापार व्यावसायमा लगानी गर्ने बैजनाथ दलित महिला समुह हल्दुखालका सदस्य मोनिका भुलले बताईन । यो रकमले समुहमा दिदिबहिनीहरुले व्यापार संचालन गर्न सहज हुने उनले बताईन ।

दलित महिला संघ नेपाल बिध्यमान जातीय भेदभाव तथा छुवाछुत , लैंगिक र बर्गिय विभेद को तेहोरो शोषण मा पारियका दलित महिलाको अधिकार स्थापित गराई उनीहरुलाई राष्ट्रिय बिकासको मूल प्रवाहमा समाहित गराउन सङ्घर्षरत २०५१ सालमा स्थापित रास्ट्रिय स्तरको संस्था भएको कार्यक्रम संयोजक औजीले बताए ।

जातिय र लैँगिकरुपमा हुने बिभेदका बिरुद्ध दलित अधिकारको रक्षा र न्याय तथा समतामुलक नेपाली समाज को स्थापनार्थ लागि परेको अवस्थामा संस्थाले देशका ७७ वटा जिल्लामा पुग्ने लक्ष्यका साथ हाल सम्म ५६ जिल्लामा जिल्ला शाखा गठन भैसकेको छ उनले बताए ।

न्याय तथा समतामुलक समाज जहाँ दलित महिलाहरुले अधिकारको उपभोग र जीवन, समता, बिकास र सहभागिताको अवसर प्राप्त गर्न सक्ने बनाउने लक्ष्य रहेको बताए । दलित महिलाको मानव अधिकार सवलीकरण कार्यक्रम” संचालन गर्न गईरहेको छ ।

यस कार्यक्रम अन्तरगत संघले स्थानिय सरकार संगको सहकार्यमा दलित महिलाहरुलाई कानुनी सचेतना, न्याँयमा पहुच, जातीय विभेद र लैगिंक हिंसा अन्त्य, आर्थिक सवलीकरण जस्ता सामाजिक र आर्थिकमा सहयोग गर्ने छ । जस अन्तर्गत २० वटा बचत समुह, ५ वटा सामुहिक सक्रिय समूह र जिल्लास्तरीय अगुवा दलित महिला अभियान्ताहरुको संजाल गठन भइ परियोजना का गतिविधिहरु संचालन गरिनेछ ।

परियोजना सन २०२१ जनवरी देखि अप्रिल २०२३ सम्म संचालन हुने उनले बताए । कार्यक्रमको बजेट २१ लाख ६ हजार २ सय रहेको छ । योजना तर्जुमा प्रक्रियामा नगरपालिका, गाउपालिका , वडा पालिका र समूहका सदस्यहरूबीच निरन्तर समन्वय सहकार्य कायम गर्न सकेमा दलित तथा दलित महिला लक्षित बजेट बिनियोजन गर्न सजिलो हुने कार्यक्रम संयोजक औजीको भनाई रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार