महेन्द्रनगर । बुधबार बिहानै कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका बजार क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र टेकेन्द्र प्रशाद भट्ट सहित गठबन्धनका नेताहरुले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रमा घरदैलो गरेका हुन ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक र क्षेत्र ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउदै स्थानीय समस्या समाधानका लागि पहल गर्ने बताएका छन ।

‘उम्मेदवारद्वय लेखक र भट्टले स्थानीय नागरिकका समस्या , गुनासा सुन्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन, ‘बाम लोकतान्त्रिक गठबन्धनका नेता दशरथ भण्डारीले भने, ‘राष्ट्रिय राजनीतिक परिवेस अनुरुप निर्वाचन क्षेत्रमा समेत सत्ता गठबन्धनका उम्मेदबार र नेताले नागरिका गुनासा सुन्दै मत मागिरहेका छन ।’
बाम लोकतान्त्रिक गठबन्धनका अर्का नेता गोपाल गुरुङ्गले सिङ्गो देश बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल बन्दै गएकाले क्षेत्र ३ मा पनि गठबन्धनको तिव्र रुपमा प्रचार प्रसार भईरहेको बताए ।
‘हामी गठबन्धनमा आबद्ध सबै पार्टीका नेता कार्यकर्ता सहित उम्मेदवार चुनावी मैदानमा होमिएका छौँ, ‘उनले भने, ‘जनताको चाहना पनि यस पटक समावेसी संविधानको रक्षा गर्ने शक्तिलाई हेर्न चाहेका छन ।’