Saturday, July 27, 2024

जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट चुनावी मैदानमा होम्मिए

प्रकाशित:

महेन्द्रनगर । मिति नजिकिए सँगै बिभिन्न दल आबद्ध उम्मेदवार र स्वतन्त्र उम्मेदवार घरदैलोमा व्यस्त छन् ।  मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनले कञ्चनपुरको राजनीतिक माहोल निकै तातेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आसन्न निर्वाचनमा कञ्चनपुरको क्षेत्र ३ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का तर्फबाट जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट
चुनावी मैदानमा होम्मिएका छन् । यो क्षेत्रमा उनको प्रतिस्पर्धा मूख्यतः सत्ता गठबन्धन (कांग्रेस) का बेलबहादुर रानासँग हुने अनुमान गरिएको छ ।

तपाई ५ वर्ष अगाडि पनि विभिन्न एजेण्डा लिएर जनताको घरदैलोमा पुग्नु भएको थियो । फेरी अहिले घरदैलो गर्दै हुनुहुन्छ । अहिले तपाईका एजेण्डा उहीँ हुन कि फरक –नेकपा (एमाले) को कार्यकर्ता भएदेखि जति निर्वाचन भए ती सबै घरदैलो कार्यक्रममा गएको छु।

पार्टीका लागि भोट मागेको छु र सक्दो सहयोग गरिरहेको छु । २०७४ मा म आफैँ भीमदत्त नगरपलिकाको नगर प्रमुखको उम्मेदवार भए । त्यतिबेला पनि घरदैलो तथा भेट्घाट कार्यक्रममार्फत जनतासँग भोट मागे । एकात्मक राज्य प्रणालीबाट मुलकको समृद्धि हुन सक्दैन्।

पछाडी पारिएका बर्ग, समुदाय र क्षेत्रको अधिकार सुरक्षित तथा सुनिश्चित हुन सक्दैन्।May be an image of 5 people, people sitting and people standing

मुलुकलाई समृद्ध बनाउन सकिदैन् भनेर जनआन्दोलन भयो । त्यो आन्दोलन सफल भएपछि तीन तहको सरकारको व्यवस्था अनुरुप मुलुक सञ्चालन भइरहेको छ । पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा भीमदत्तको मेयरमा निर्वाचित भएर काम गरिसक्यौं ।

मैले के कस्तो काम गरे त्यो जनताको माझमा छर्लङगै छ । दोस्रो पटक पनि बैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । हिजो एकात्मक शासन प्रणालीबाट मूलकमा समृद्धि र विकास हुन सक्दैन् र अधिकारबाट बञ्चित भएका र पछाडि पारिएकाहरुको अधिकारहरु सुरक्षित गर्न लोकतान्त्रिक प्रणालीबाट राज्यलाई सञ्चालन गर्ने कुरा ग-यौं।

त्यसमा केही असन्तुष्टिहरु आइरहेका छन् । खासगरी प्रदेश सरकारको आवश्यकता छैन् भनेर आवाज उठिरहेका छन् ।कुनै पनि मूलुकको राजनीतिक प्रणालीलाई २/३ वर्षमै परीक्षण गरेर निष्कर्षमा पुग्न सकिदैन । सयौँ व्यक्तिले ज्यानको बलिदानी दिए, हजारौँ अंगभंग भए ।

लाखौँलाख नेपालीहरुको मेहनतबाट प्राप्त भएको यो राजनीतिक प्रणालीमा प्रश्न चिन्ह उठिरहेका छन् । ती प्रश्न चिन्हको अन्त्य गर्नु जरुरी छ । प्रदेश सरकार सञ्चालनमा आएका समस्याहरुलाई समाधान गर्नुपर्छ । सुदूरपश्चिम प्रदेश आफैमा सुन्दर छ ।

यहाँका प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरी आर्थिक स्रोत बढाउन सकिन्छ । संघ सरकार र विकासका साझेदार संस्थाहरुसँग सहकार्य गरेर थुप्रै काम गर्न सकिन्छ । हाम्रा एजेण्डाका कुरा गर्दा हामी शिक्षामा जोड दिन्छौँ । सुदूरपश्चिम विश्व विद्यालय मेरो क्षेत्रभित्र पर्छ ।

त्यहाँ अहिले प्राविधिक धारका विषय, जुन जीवन उपयोगी छन् । त्यसमा कहीँ न कतै ग्याप छ। त्यहाँ प्राविधिक धारको शिक्षा दिने कुरामा मेरो जोड रहन्छ । धेरै विद्यालयमा पूर्वाधार निर्माण, प्राविधिक धारका विषयको पढाइँको सुरुवात गर्नुपर्ने छ ।

शिक्षकहरुका समस्या समाधान गर्नु आवश्यक छ। दोधाराचाँदनीको भानुलाई सुदूरपश्चिम विश्वविद्यायलको आंगिक क्याम्पस बनाउनुपर्ने छ। महाकाली प्राविधिक शिक्षालय भीमदत्तमा सञ्चालन गरेका छौँ । अब दोधाराचाँदनीमा पनि प्राविधिक शिक्षालयको स्थापना गर्नुपर्ने छ ।

आजको आवश्यकता अनुसारको शिक्षा दिन सक्ने विद्यालय सञ्चालन गर्नेतर्फ हाम्रो जोड रहन्छ । स्वास्थ्यलाई पनि विशेष प्राथमिकतामा राख्छौँ । हिजोका दिनमा महाकाली प्रादेशिक अस्पताल रिफर सेन्टरका रुपमा परिचित थियो । त्यहाँ केही डाक्टर र भौतिक पूर्वाधारका काम भएका छन् ।

तर, त्यतिले मात्रै पुग्दैन्। आवश्यकता अनुसारका डाक्टरहरुको व्यवस्था मिलाउनु आवश्यक छ । सबै रोगको उपचार महाकालीमै हुने व्यवस्था हामी मिलाउँछौं। कोरोना कालमा रातदिन खटियौँ । भीमदत्तका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरियो ।

गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएका थियौँ । ती कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक छ । स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट र जनशक्तिको व्यवस्थापन जरुरी छ । अहिले पनि सयौँ युवा रोजगारी नपार विदेशिन बाध्य छन् । कतिपय युवाहरुले विदेशमै ज्यान गुमाउनु परेको छ ।

युवाहरुलाई यहीँ रोजगारी दिनु छ । विभिन्न आयमूलक कार्यक्रम हामी सञ्चालन गर्छौँ । भीमदत्तको मेयर हुँदा विना धितो ऋणको व्यवस्था मिलाएका थियौँ। युवाहरुलाई यहीँ रोजगारी दिने हाम्रो एजेण्डा हो । भूमिहीन, अव्यवस्थित बसोबासीको व्यवस्थापनमा पनि हाम्रो जोड हुनेछ ।

यहाँ धेरै पर्यटकीय स्थलहरु छन् । भारतीय पर्यटकहरुलाई भित्र्याएर आर्थिक गतिविधि बढाउन सकिन्छ । महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्ने पार्कहरु निर्माण गर्न सकिन्छ । पर्यटनसँगै जोडेर जैविक मार्ग र शुक्लाफाँटा पर्यटन मार्ग सुरु गरेका थियौँ ।

भीमदत्त नगरपालिकालाई स्मार्ट सिटीको रुपमा अगाडी बढाएका थियौँ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि त्यो काम रोकियो । मझगाउँ विमानस्थल, महाकाली करिडोरको काम रोकिएको छ । त्यसलाई निरन्तरता दिनुपर्ने छ । त्यसतर्फ पनि हामी जोड दिन्छौँ ।

हामीले वृद्ध भत्ता ५ हजार पुगाउने भनेका थियौँ । हाम्रो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा ४ हजार पुगाएका थियौँ । त्यो भत्ता ५ हजार पुगाउने छौँ । दोधाराचाँदनीमा सिचाइँ पुगाउँछौँ। महाकाली पुललाई गुणस्तरीय बनाएर चाडै सम्पन्न गर्नुपर्छ ।

स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा हामी बिभिन्न विकासे कामहरु गछौँ । उज्यालो दोधाराचाँदनी र भीमदत्त बनाउँछौं । नदी कटानी, डुबानको समस्या सामाधान गर्ने छौँ । जनतासँगै सहकार्य गर्ने गरी हामी अगाडी बढ्छौँ । केही दिनमै हाम्रो घोषणापत्र आउँछ । हामीले ५ वर्षमा गर्न सकिने सबै क्षेत्रका कुरा समेटेर घोषणापत्र बनाएका छौँ। त्यही घोषणापत्र अनुसार काम गर्ने छौँ।

मझगाउँ बिमानस्थल, महाकाली करिडोर र सुख्खाबन्दरगाह निर्माणको कुरा सबै पार्टीको चुनावी एजेण्डा बन्छन् । ती काम कहिले हुन्छन् ? निर्माणमा देखिएका समस्याहरु के हुन् ?

–हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। म नगर प्रमुख थिए। उहाँसँग भेट गर्ने मौका पाए। त्यतिबेला उहाँसँग ५ वटा कुरा राखेको थिए । अब पश्चिमबाट समृद्धी ल्याउनुपर्छ । हामीले नहर बनायौँ। तर भारतले नहर बनाएको छैन् ।

त्यसलाई छिटो सञ्चालनमा ल्याउनुप र्छ। शखा नहर निर्माण गर्नुपर्छ। दोधाराचाँदनीले पानी पाउने कुरा छ । तर पाएको छैन् । त्यो काम अगाडी बढाउन आग्रह गरेको थिए। दोस्रो कुरा महाकाली करिडोरको कुरा उठाएको थिए । पहाडमा काम भइरहेको छ । तर, यहाँ काम रोकिएको छ।

दोधाराचाँदनीबाट सुरु हुने गरी महाकाली करिडोरको काम गर्न अनुरोध गरेको थिए । महाकाली करिडोर निर्माणका लागि गड्डाचौकीका स्थानीयसँग कुरा गरे, उहाँहरु जग्गा दिन तयार हुनुभयो। काम सुरु भयो । त्यो करिडोरलाई भारत र चीनसँग जोड्नुपर्छ ।

त्यसको इआइएका लागि धेरै मेहनत गरियो। विभिन्न मन्त्रालय धाए। मन्त्रीपरिषद्बाटै निर्णय गराएर काम सुरु भयो ।अध्यक्ष ओलीको सरकार ढलेपछि त्यो काम रोकिएको छ। अहिले म नगर प्रमुख छैन्। काम किन रोकियो भनेर सोध्नु जरुरी छ।

साथीहरुलाई अनुरोध गर्छु । विज्ञप्ती र भाषण गर्दैमा काम हुँदैन्। त्यसका लागि पहल तथा मेहनत गर्नुपर्छ । मझगाउँ विमानस्थल निर्माणको काम तीन तहको सरकारको सहकार्यमा अगाडी बढेको थियो। हामीले काम पनि सुरु गरेका थियौँ ।अहिले काम रोकिएको छ।

समृद्धिका कुरा गर्नेहरुले नै काम रोकेका छन् । त्यो विषयमा उहाँलाई सोध्नु आवश्यक छ ।भीमदत्तलाई स्मार्ट सिटी बनाउनका लागि एक करोड बजेट आउँदै थियो । हाम्रो पार्टीका अध्यक्ष नेतृत्वको सरकार ढलेपछि त्यो बजेट अहिलेको सरकारले काटेको छ।

महाकाली प्राविधिक शिक्षालय बाहेक सबै योजनाको काम रोकिएका छन् । ती कामहरु किन रोक्नुभयो भनेर अहिलेका विकासवादी र समृद्धिका कुरा गर्नेहरुलाई सोध्नु जरुरी छ । हामीले भीमदत्तमा एसियाली विकास बैंकको सहकार्यमा काम अगाडी बढाएका थियौँ ।

महेन्द्रनगरमा बनिरहेका सुन्दर सडकहरुको काम हामीले थालनी गरेका हौँ । त्यो योजना अन्तर्गत अर्वौं बजेट भीमदत्तमा आउँदै थियो । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धेरै मेहनत गरियो । धेरै ठाउँमा जग्गा हेरियो । काम गर्न खोज्यौं ।तर, विकासका कुरा गर्ने नेताहरुले कार्यकर्ता परिचालन गरेर त्यो काममा अवरोध गरे । हामीलाई काम गर्न दिएनन् ।उनीहरुले विकास र समृद्धिको कुरा गर्दैछन् । हामीले खल्लामसेट्टीमा सडक सञ्जाल, सञ्चार सेवा पुगायौं ।भीमदत्तमा अल्पकालिन र दिर्घकालीन योजनाहरु अगाडी बढाएका थियौँ। सबैको सहकार्य भयो भने काम गर्न सकिन्छ । जहाँ समस्या छन्, त्यहाँ उपाय छ । त्यसैले मैले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छु । यस क्षेत्रको विकाससँगै सुदूरपश्चिमलाई सुन्दर बनाउन सकिन्छ ।

 

May be an image of 6 people, people standing, tree and outdoors

ताजा समाचार

सम्बन्धित समाचार