Saturday, July 27, 2024

चिकेन स्टेशन संचालनमा : मेयर बोगटीले गरे उद्घाटन

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नयाँ व्यावसायिक रुपमा चिकेन स्टेशन खुलेको छ । सोमबारदेखि औपचारिक रुपमा चिकेन स्टेसन खुलेको हो । चिकेन स्टेसनको उद्घाटन भिमदत्त नगरपालिका नगर प्रमुख मेयर पदम बोगटीले गरेका हुन । मेयर बोगटीले उद्घाटन गर्दै यस क्षेत्रका लागि रोजगारी अवसर भएको र अन्य ब्यक्तिहरुका लागि प्रेरणादायी व्यावसाय भएको भन्दै संचालकहरुलाई व्यावसायिक सफलताको शुभकामना दिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चिकेन स्टेशन संचालनमा आएसंगै यस क्षेत्रका कुखुराका मासु उपभोग गर्ने पारखीहरुका लागि फ्रेञ्चाईज आईटम सहजै पाईने भएको छ । चिकेन स्टेशनका मुख्य सेफ कुमार चालिसेले चिकेन बाट विभिन्न परिकारका खानेकुराहरु बनाईने र भेजमा पनि खानेकुरा पाईने बताए ।

‘केही खानाका परिकार मेसिन र केही परिकार आगोबाट पकाईन्छन ।’ चिकेन स्टेसनको मुख्य साखा काठमाण्डौँ ललितपुरझम्सीखेलमा मुख्य शाखा रहेको चिकेन स्टेशनको र देशभरी ५८शाखा साथै केही महिना भित्रमा १० ओटा नयाँ साखा खुल्ने तयारीमा रहेको बताए । ग्राहकको रोजाई अनुरुप खाने परिकार बनाईने उनले बताए ।

चिकेन स्टेशन महेन्द्रनगरका सचालक त्रय पदम बैज, प्रमान्द भट्ट र प्रकास भट्टले ग्राहकको माग र आवश्यकता अनुसार सेवा दिने बताए ।`

स्टेशनमा किचेन लाईभ, एसी सहित, रेष्टुरेन्ट, बैठक कक्ष समेत रहेको छ । पहिलो पटक कञ्चनपुरमा फ्रेञ्चाईज आईटमबाट चिकेनका खाने परिवारको रेष्टुरेन्ट खुलेसंगै यस क्षेत्रका चिकेनका पारखी ग्राहक सुविधा हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार