अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोज्ने चिकित्सक पक्राउ

प्रकाशित:

काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताएर रकम असुली गर्न खोजेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

उनका अनुसार, दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्ने गरेका थिए । आफूले भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की समेत दिने गरेको खुलेको भट्टराईले बताए ।

उनका अनुसार, दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेका थिए । यो सूचना प्राप्त हुनासाथ खटिएको कार्यालयको टोलीेले दाहाललाई शंखमुलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार