महेन्द्रनगर । सुदूरपश्चिमका धेरै ठाउँहरूमा प्रविधिको विकास भएसँगै अछाममा अझै पनि अधिकांश भागहरूमा आधुनिक पानी घट्टको प्रयोग भइरहेका नै छन् । बिजुली बत्ती पुगेका अधिकांश ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएता पनि नपुगेका ठाउँमा भने अझै पनि परम्परागत पानी घट्ट नै लोकप्रिय छन् ।
सुदूरपश्चिमको अछाम जिल्लाको रामारोसन गाउँपालिका-६ का बिर्खे साउद अहिले पनि आफ्ना पुर्खाहरूले नै चलाउँदै आइरहेको पानी घट्ट चलाएर आफ्नो गुजारा चलाउने गर्छन् । ‘अछाम जिल्लाको धेरै ठाउँहरूमा बिजुली बत्ती पुगेको भएता पनि पानी घट्टको प्रचलन भने उत्तिकै लोकप्रिय छ’ साउदले भने, ‘दिनभर गहुँ, मकै, कोदो लगायतको अन्न पिस्ने गर्छु, यसैले नै जीविका धानिरहेको छ् ।’
परापूर्व कालदेखि नै आफ्ना बुवा बाजेहरूले पानी घट्ट बाटनै पिसेको अन्नले दैनिक भान्सा पाक्ने गर्थ्यो भने, अहिले समेत पानी घट्टबाट नै आफ्नो जिविकोपार्जन चलिरहेको साउदले बताउँछन् । अछाम जिल्लाको अधिकांश ठाउँहरूमा बिजुली बत्ती, मोटर बाटोको सुविधा अझै पनि पुगेको छैन् । पुगेका ठाउँहरूमा समेत दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानी पिसनीका आधुनिक मिल छैन् ।
यसले गर्दा अझै पनि पानी घट्टमा नै मानिसहरू आश्रित हुनु परेको छ् । बढ्दो आधुनिकतासँगै सहर बजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि बिजुलीबत्ति नपुगेका गाउँबस्तीहरूमा भने पानी घट्टको लोकप्रियता घटेको छैन् । स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै आफ्नो गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर गहुँ, मकै, फापर पिस्ने गरेको उक्त क्षेत्रकी स्थानीय लक्ष्मी साउदको भनाई छ् । त्यसैगरी सहर बजारमा विद्युतीय सामानको प्रयोग बढ्दो छ् । धान, चिउरा, पिठो पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको नै प्रयोग हुन्छ ।
ग्रामीण क्षेत्रमा भने पानीघट्ट नै लोकप्रिय छ् । विद्युत विस्तार भएका गाउँका स्थानीय बासिन्दाहरू पानी घट्टकै प्रयोग गर्छन् । ‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिसेको भन्दा खानमा निकै स्वादिष्ट हुन्छ’ साउदले भनिन्, त्यसैले ‘यहाँका स्थानीयहरू समय लगाएरै भएता पनि मकै, गहु, कोदो लगायतका अन्न घट्टमा नै पिस्ने गरेका छन् ।’ हरेक जसो गाउँमा एउटा पानी घट्ट रहेको र पानी घट्टकै सहारामा उनीहरुले आफ्नो गुजारा चलाउने गरेका छन् ।
अछामको रामारोसन गाउँपालिका बिर्खे ७० वर्षौदेखि नै पानीघट्ट चलाएरै आफ्नो जीविका धानिरहेका छन् । आर्थिक रूपमा विपन्न साउद पानी घट्ट संचालन गरी परिवारका लागि साँझ बिहानको खाना जुटाउँदै आएका छन् । ‘अन्न पिसानी गर्दा एकदुई माना आफूलाई दिने गरेका छन्’ साउद भने, ‘त्यहि हिस्साले साँझ बिहानको छाक छार्ने गछौँ ।’ घट्टमा पिसानीका लागि आउनेहरूले दिने पिठोले चार महिना गुजारा चल्ने गरेको र बाँकी खानाका लागि पाखो बारीमा लगाइएको अन्नले धान्ने गरेको साउदले बताउँछन् ।
साउदका अनुसार घट्ट चलाउने व्यक्तिलाई घटेरो भन्ने गरिन्छ । अन्न पिसे बापत घटेरोहरूले त्यही अन्नबाट ज्याला निकालेर बिहान बेलुकाको छाक टार्ने गर्दछन् । त्यहाँ रहेका पानी घट्टमा कोदो, फापर, गहुँ, चामल, मकै लगायतका अन्न पिस्नको लागि आसपासका बस्तीदेखि मानिसहरु आउँने गरेका छन् । अछामको रामारोसन गाउँपालिकामा करिब ८,९ ओटा भन्दा धेरै यस्ता पानी घट्ट रहेका छन् । नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको पानी घट्ट चलाउन न बिजुली चाहिन्छ न त खर्चिलो भयो भनेर डराउनु पर्छ । पानीको फोहोराबाट यसलाई चलाउन सकिन्छ ।