भारत र चीनमा देखिएको कोभिडको जेएन।१ प्रजातिबारे नेपालमा कस्तो सतर्कतारु कोभिड परीक्षण

प्रकाशित:

विश्व स्वास्थ्य सङ्गठनले यसै साता ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’ मा वर्गीकरण गरेर निगरानीमा राखेको कोरोनाभाइरस ओमिक्रोन भेरिअन्टको उपप्रजाति जेएन।१ बारे नेपालमा पनि निगरानी सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

नेपालमा पछिल्लो पटक कोभिड पोजेटिभ देखिएका १२ वटा नमुनामा यो भेरिअन्ट रहे वा नरहेको पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

यद्यपि ती नमुना जेएन।१ भेरिअन्टको आशङ्कामा थप परीक्षणका लागि पठाइएको नभई नियमित निगरानीका क्रममा यसो गरिएको अधिकारीहरूको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतबाट आउने र अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने मानिसहरूमा कोभिड र श्वासप्रश्वाससम्बन्धी समस्या देखिए पीसीआर परीक्षण गर्न र क्वारन्टिनमा राख्न भनिएको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार