महेन्द्रनगर । कञ्चनपुर ३ मा मितेरी पार्टीका उम्मेदवार नेपाली कांग्रेसलाई समर्थन गर्दै पार्टी प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरालाई समर्थन गर्दै मितेरी पार्टीका उम्मेदवार किरण थापाले कांग्रेस प्रवेश गरेका हुन् । थापा मितेरी पार्टीबाट घोडा चुनाव चिन्ह लिएर आसन्न फागुन २१ मा हुँने प्रतिनिधी सभा सदस्यको उम्मेदवार थिए ।

नेपाली कांग्रेसका उम्मेदवार बोहराले उनलाई पार्टीमा स्वागत गरेका छन् । थापाले कांग्रेस पार्टीलाई जिताउनु आजको आवश्यकता रहेको बताउदै पार्टी प्रवेश गरेका हुन । उनि दोधारा–चाँदनी ७ का स्थानीय बासिन्दा हुन् ।

थापाको प्रवेशसँगै बोहराको पक्षमा माहोल थप बलियो बनेको कांग्रेस नेताहरूको दाबी छ। पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले क्षेत्रको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसको नीति उपयुक्त लागेको बताए। उनले अब आफू र आफ्ना समर्थकहरू पूर्ण रूपमा कांग्रेसको अभियानमा लाग्ने स्पष्ट पारे।

स्थानीय नेताहरूले मितेरी पार्टीका उम्मेदवार नै कांग्रेसमा समाहित भएपछि कञ्चनपुर–३ मा कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका छन्। यस घटनापछि क्षेत्रको चुनावी समीकरणमा स्पष्ट परिवर्तन आएको देखिएको छ।


