अलपत्रको उद्धारदेखि अपाङ्ग तथा असहायका सारथी: कञ्चनपुर–१ मा गोपी प्रसाद उपाध्याय का पक्षमा भावुक समर्थन

प्रकाशित:

कञ्चनपुर१० फागुन २०८२, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेस का उम्मेदवार गोपी प्रसाद उपाध्याय का पक्षमा अपाङ्ग तथा असहाय व्यक्तिहरू स्वयं गोपी जिताऔ अभियानमा सक्रिय भएका छन्। विगतमा उनले गरेका सामाजिक कार्यहरूको स्मरण गर्दै उनीहरू उपाध्यायलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन मतदातासँग भावुक अपिल गरिरहेका छन्।

स्थानीयका अनुसार उपाध्यायले विगत वर्षहरूमा दिन–रात नभनी जनताको सारथीका रूपमा काम गरेका थिए। विशेषगरी वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरूको उद्धार गरी स्वदेश फिर्ताका लागि आवश्यक पहल कदमी चालेको उनीहरूको भनाइ छ। “अप्ठ्यारोमा परेका बेला उहाँले साथ दिनुभयो, आज हामी उहाँको साथमा छौँ,” एक स्थानीयले भावुक हुँदै भने।

युवामा खेल भावना विकास गर्ने उद्देश्यले विभिन्न स्थानमा खेल सामग्री वितरण गर्नुका साथै आर्थिक रूपमा कमजोर तथा हिँडडुल गर्न नसक्ने व्यक्तिहरूलाई व्हिलचेयर उपलब्ध गराएर सहयोग गरेको प्रसंग पनि समर्थकहरूले स्मरण गरेका छन्। उनीहरूका अनुसार उपाध्यायको सामाजिक सक्रियताले धेरै परिवारमा आशा र भरोसा जगाएको छ।

अपाङ्ग तथा असहाय व्यक्तिहरू स्वयं गोपी जिताऔ अभियानमा निस्कनुले कञ्चनपुर–१ को चुनावी अभियानमा भावनात्मक आयाम थपिएको छ। अपाङ्गता भएका फुल माया तामाङ यसो भन्छन् “हाम्रो दुःख–पीडामा साथ दिने नेताको जित नै हाम्रो जित हो,” ।

प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका उपाध्यायले सेवा र विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन्। कञ्चनपुर–१ मा यतिबेला सेवा, विश्वास र भावनासँग गाँसिएको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार