पुनर्वासमा समि चौथो चरणको कार्यान्वयन मोडालिटीबारे अभिमुखीकरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नगर रोजगार सेवा केन्द्र शाखाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम ८८ सम्पन्न भएको छ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप–प्रमुख भुलिया कुमारी राना, ११ वटै वडाका वडाध्यक्षहरू, विषयगत शाखा प्रमुख, पत्रकार, नागरिक सचेतक, बुद्धिजीवी तथा (SaMi) कार्यक्रम सहयोग इकाईका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्बःष् चौथो चरणअन्तर्गत सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार प्रवर्द्धनका लागि अवलम्बन गरिने कार्यान्वयन मोडालिटीबारे अभिमुखीकरण गरिएको थियो। साथै वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कल्याणकारी सेवा, श्रमिक बीमा, वैदेशिक रोजगार कल्याणकारी कोष, विदेशमा अलपत्र परेका श्रमिकहरूको उद्धार तथा परामर्श सेवाबारे जानकारी दिइएको थियो।

SaMi कार्यक्रम सहयोग इकाईका प्रतिनिधि विष्णु अर्यालले सहजीकरण गर्दै नेपालमा प्रत्येक वर्ष सरदर करिब ५ लाखभन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने र हालसम्म ८६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइसकेको जानकारी दिनुभयो। हाल दैनिक सरदर २,३०० जना नेपाली वैदेशिक रोजगारमा जाने गरेको उहाँको भनाइ थियो।

त्यसैगरी पुनर्वास नगरपालिकाकी रोजगार संयोजक शुसीला देउबाले आर्थिक वर्ष २०८२ साल श्रावण १ गतेदेखि हालसम्म नगरपालिकाबाट ५१ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क सार्वजनिक गर्नुभयो।

कार्यक्रमको समापनमा नगर प्रमुख तोय प्रसाद शर्माले सुरक्षित आप्रवासन SaMi  कार्यक्रमले वैदेशिक रोजगारमा जाने नगरवासीलाई सही सूचना र परामर्श प्रदान गरी जोखिम न्यूनीकरणमा योगदान पुर्‍याएको बताउनुभयो।

“वैदेशिक रोजगारलाई सुरक्षित, सूचित र मर्यादित बनाउनु सबैको साझा दायित्व हो ” उहाँले भन्नुभयो। कार्यक्रमको अन्त्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम सञ्चालन मार्गदर्शन २०८२ अनुसार पुनर्वास नगरपालिकामा सुरक्षित आप्रवासन SaMi कार्यक्रम कार्यान्वयनका लागि कार्यक्रम कार्यान्वयन समिति गठन गरिएको जानकारी गराइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार