स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कपको उपाधि आयोजक अरनिकोकै पोल्टामा

प्रकाशित:

किशोर तामाङ / हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ स्थित अरनिको खेलमैदानमा अरनिको खेलकुद विकास समितिको आयोजनामा भएको सातौँ संस्करणको अरनिको सैनिक कप फुटबल प्रतियोगिताको उपाधि आयोजक अरनिकोकै पोल्टामा परेको छ । बिहीबार साँझ भएको अन्तिम खेलमा आयोजक अरनिको खेलकुद विकास समितिले न्यु भानु युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्न सफल भएको छ । आफ्नै घरेलु मैदानमा भएको फाइनल खेलमा आयोजकका लागि श्याम बयाडीले खेलको १६ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औँ मिनेटमा रोहित तामाङले गोल थपे । अतिरिक्त समयतर्फ खेलको ६१ औँ मिनेटमा विकास थापाले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गरे । उपविजेतामा सीमित बनेको न्यु भानु युवा क्लबका लागि अविनाश ऐडीले खेलको ५३ औँ मिनेटमा सान्त्वना गोल फर्काए । बाँकी समयमा थप गोल गर्न नसक्दा भानु उपविजेतामै सीमित रहनुपरेको हो । अन्तिम खेलको ‘म्यान अफ दि म्याच’ आयोजक टिमका विकास थापा घोषित भए । प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि जितेसँगै आयोजक अरनिको युवा क्लबले नगद रु. २ लाख ६१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यु भानु युवा क्लबले नगद रु. १ लाख ३० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । व्यक्तिगत विधातर्फ पनि आयोजक टिमकै वर्चस्व रह्यो । प्रतियोगिताको अनुशासित खेलाडी निखिल दोङ तामाङ, सर्वाधिक गोलकर्ता श्याम बयाडी, उत्कृष्ट डिफेन्डर दिपेन सिंह ठकुरी, उत्कृष्ट गोलरक्षक दिनेश नेपाली घोषित भए । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उदयमान खेलाडी विकास थापा मगर बनेका छन् । उदयमान तथा उत्कृष्ट खेलाडी विकास थापा हालै सम्पन्न अन्डर १६ राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबबाट सर्वाधिक गोलकर्ता बनेका अरनिकोका खेलाडी हुन् । पुस १५ गतेदेखि सुरु भएको स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौँको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको औपचारिक उद्घाटन तथा समापन स्व. प्रकाश दाहालकी पत्नी तथा नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले खेलकुद युवाको शारीरिक, मानसिक र नैतिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै समाजमा अनुशासन, एकता र सकारात्मक ऊर्जा फैलाउने बताउनुभयो । स्व. प्रकाश दाहालको स्मृतिमा निरन्तर आयोजना हुँदै आएको अरनिको सैनिक कपले युवालाई खेलमार्फत राष्ट्रप्रति जिम्मेवार बनाउने काम गरिरहेको उहाँको भनाइ थियो । समापन समारोहमा जिल्ला फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दले खेलकुद विकासमा पुनर्वास क्षेत्रले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदले युवालाई कुलतबाट जोगाउने र सकारात्मक बाटोमा हिँडाउन सहयोग गर्ने उल्लेख गर्दै पुनर्वास क्षेत्रमा खेलकुदका लागि पर्याप्त क्षेत्रफलसहितको स्टेडियम निर्माणमा सहयोग गर्न पूर्वमन्त्री तथा आम पुनर्वासीहरूलाई आग्रह गर्नुभयो । अरनिको खेलकुद विकास समितिका अध्यक्ष सूर्य तामाङका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै भविष्यका सम्भावनाशील खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । प्रतियोगिता निष्पक्ष, अनुशासित र खेलभावनाअनुसार सम्पन्न गरिएको उहाँले दाबी गर्नुभयो । प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजना हुँदै आएको अरनिको सैनिक कपले पुनर्वास क्षेत्रलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय वक्ताहरूको भनाइ छ । यस्ता प्रतियोगिताले खेलकुदमार्फत युवामा आत्मविश्वास, नेतृत्व र एकताको भावना विकास गर्ने अपेक्षा गरिएको छ ।
स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कपको उपाधि आयोजक अरनिकोकै पोल्टामा

किशोर तामाङ / हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ स्थित अरनिको खेलमैदानमा अरनिको खेलकुद विकास समितिको आयोजनामा भएको सातौँ संस्करणको अरनिको सैनिक कप फुटबल प्रतियोगिताको उपाधि आयोजक अरनिकोकै पोल्टामा परेको छ । बिहीबार साँझ भएको अन्तिम खेलमा आयोजक अरनिको खेलकुद विकास समितिले न्यु भानु युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्न सफल भएको छ ।

आफ्नै घरेलु मैदानमा भएको फाइनल खेलमा आयोजकका लागि श्याम बयाडीले खेलको १६ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औँ मिनेटमा रोहित तामाङले गोल थपे । अतिरिक्त समयतर्फ खेलको ६१ औँ मिनेटमा विकास थापाले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गरे । उपविजेतामा सीमित बनेको न्यु भानु युवा क्लबका लागि अविनाश ऐडीले खेलको ५३ औँ मिनेटमा सान्त्वना गोल फर्काए । बाँकी समयमा थप गोल गर्न नसक्दा भानु उपविजेतामै सीमित रहनुपरेको हो । अन्तिम खेलको ‘म्यान अफ दि म्याच’ आयोजक टिमका विकास थापा घोषित भए ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि जितेसँगै आयोजक अरनिको युवा क्लबले नगद रु. २ लाख ६१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यु भानु युवा क्लबले नगद रु. १ लाख ३० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । व्यक्तिगत विधातर्फ पनि आयोजक टिमकै वर्चस्व रह्यो । प्रतियोगिताको अनुशासित खेलाडी निखिल दोङ तामाङ, सर्वाधिक गोलकर्ता श्याम बयाडी, उत्कृष्ट डिफेन्डर दिपेन सिंह ठकुरी, उत्कृष्ट गोलरक्षक दिनेश नेपाली घोषित भए । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उदयमान खेलाडी विकास थापा मगर बनेका छन् । उदयमान तथा उत्कृष्ट खेलाडी विकास थापा हालै सम्पन्न अन्डर १६ राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबबाट सर्वाधिक गोलकर्ता बनेका अरनिकोका खेलाडी हुन् ।

पुस १५ गतेदेखि सुरु भएको स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौँको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन तथा समापन स्व. प्रकाश दाहालकी पत्नी तथा नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले खेलकुद युवाको शारीरिक, मानसिक र नैतिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै समाजमा अनुशासन, एकता र सकारात्मक ऊर्जा फैलाउने बताउनुभयो । स्व. प्रकाश दाहालको स्मृतिमा निरन्तर आयोजना हुँदै आएको अरनिको सैनिक कपले युवालाई खेलमार्फत राष्ट्रप्रति जिम्मेवार बनाउने काम गरिरहेको उहाँको भनाइ थियो ।

समापन समारोहमा जिल्ला फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दले खेलकुद विकासमा पुनर्वास क्षेत्रले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदले युवालाई कुलतबाट जोगाउने र सकारात्मक बाटोमा हिँडाउन सहयोग गर्ने उल्लेख गर्दै पुनर्वास क्षेत्रमा खेलकुदका लागि पर्याप्त क्षेत्रफलसहितको स्टेडियम निर्माणमा सहयोग गर्न पूर्वमन्त्री तथा आम पुनर्वासीहरूलाई आग्रह गर्नुभयो ।

अरनिको खेलकुद विकास समितिका अध्यक्ष सूर्य तामाङका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै भविष्यका सम्भावनाशील खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । प्रतियोगिता निष्पक्ष, अनुशासित र खेलभावनाअनुसार सम्पन्न गरिएको उहाँले दाबी गर्नुभयो । प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजना हुँदै आएको अरनिको सैनिक कपले पुनर्वास क्षेत्रलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय वक्ताहरूको भनाइ छ । यस्ता प्रतियोगिताले खेलकुदमार्फत युवामा आत्मविश्वास, नेतृत्व र एकताको भावना विकास गर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार