डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण

प्रकाशित:

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशमा डिजिटल सेवा क्षेत्रलाई संस्थागत र सुदृढ बनाउने उद्देश्यसहित दुई डिजिटल सेवा प्रदायक कम्पनी Online Digital Solutions र Qbito Nepal र आधिकारिक रूपमा एकीकृत भएका छन्। एकीकरणपछि कम्पनीले अबदेखिQbito Nepal Pvt. Ltd.नामबाट आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा डिजिटल सेवा प्रदायक कम्पनीहरूबीच भएको यो मर्जरलाई पहिलो संरचनागत एकीकरण का रूपमा हेरिएको छ। कम्पनीका अनुसार, Online Digital Solutions  मार्फत विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएका सबै परियोजना, डिजाइन अभिलेख, ग्राहक डेटा, डिजिटल स्रोत तथा प्राविधिक संरचना औपचारिक रूपमा  Qbito Nepal Pvt. Ltd.  मा स्थानान्तरण गरिएको छ।

एकीकृत कम्पनीले अब वेबसाइट विकास, ग्राफिक्स डिजाइन, ब्रान्डिङ, डिजिटल मार्केटिङ, सफ्टवेयर तथा मोबाइल एप विकास, सूचना–प्रविधि परामर्श सेवा लगायतका डिजिटल समाधानहरू एकीकृत रूपमा प्रदान गर्ने जनाएको छ।

एकीकरणबारे जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयराज अवस्थी ले दुई कम्पनीको संयुक्त प्रयासले डिजिटल सेवा पहुँचलाई देशभर विस्तार गर्न मद्दत पुग्ने बताए। उनले भने, “सुदूरपश्चिमबाट सुरु भएको यो एकीकरण अब राष्ट्रिय स्तरमा प्रभावकारी डिजिटल सेवा मोडेलका रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ।”

कम्पनीले निकट भविष्यमा सबै नेपालीका लागि उपयोगी हुने डिजिटल उपकरण, अनलाइन सेवा प्लेटफर्म (सबडोमेन सेवा) तथा विद्यार्थी, व्यवसायी र युवालाई लक्षित डिजिटल सहजिकरण प्रणाली सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार