-मनोज भट्ट ।
महेन्द्रनगर । मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक बाटिका क्षणभरमै बुङ्गो भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक बाटिका (वन) स्थानीयका लागि मर्दा–पर्दा घास, दाउरा–स्याउलाको आश्रय स्थल हो ।

जहाँ स्थानीयले आज भन्दा तीस वर्ष पहिले अर्थात् वि.स. २०५१ तीर सुकुम्बासी बस्तीको कब्जामा जानलागेको भूमि जगेर्दै वृक्षारोपण सहित संवद्धर्न थालेका हुन् ।

तीन दशकदेखि स्थानीयको संरक्षणमा रहेको गौरीघाट सामुदायिक बाटिका ११ मंसिरका दिन दुई घण्टामै बुङ्गो बनेको हो । उक्त बाटिकाबाट दुई घण्टाको अवधिमै १६४ रुख फिल्मी शैलीमा गायब पारिएका छन् । झण्डै १८ बिगाह जमिन रहेको बाटिकामा खयर र सिसमका रुख थिए ।

फैलियो हल्ला
एकान दुई कान मैदान हुँदै तफानसरी गाउँमा हल्ला फैलियो प्राविधिक शिक्षालयको (टेक्निकल कलेज), जहाँ स्थानीयले रोपेका बिरुवा छन् ।
सुदूर र मध्यपश्चिमलाई लक्षीत गरि कोरियन सरकारको एक निकाय कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा जिल्लाको कृष्णपुर–७ मा प्राविधिक शिक्षालय बन्ने गरि सर्वे हुँदै आएको छ । एक अर्ब ५० करोडको लागतमा उक्त प्राविधिक शिक्षालय निर्माणकालागि कोरियाली सरकारको संसदले समेत बजेट पास गरिसकेको छ ।
प्राविधिक शिक्षालय निर्माणका लागि पटक–पटक कोइकाबाट प्रतिनिधि एवं ‘कन्ट्री डाइरेक्टर’ ले समेत कृष्णपुर–७ मा अध्ययन अवलोकन गरिसकेका छन् । एनपी साउँद परराष्ट्रमन्त्री हुँदा उनको पहलमा कोइकाले कृष्णपुरमा जमिन उपलब्ध भए प्राविधिक शिक्षालय बनाउने निधो गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटिइभिटी) संगको समंवय एवं सम्बन्धनमा निर्माण हुँने भनिएको उक्त शिक्षालयमा विभिन्न तालीम तथा कार्यक्रमहरु सञ्चालनमा आउने तय भएको हो ।
मर्दा पर्दा दाउरा स्याउला इत्यादिका लागि आश्रय बनेको गौरीघाट सामुदायिक बाटिकामा उक्त प्राविधिक शिक्षालय बन्न लागेको हल्ला गाउँमा एकान दुई कान मैदानसरी फैलियो ।
प्रायः सो बाटिका स्थानीयकालागि मान्छे मर्दा, विवाह तथा भोज भतेर गर्दा र कसैलाई केहि आवश्यक परेमा एकाध रुख भयरहित तरिकाले काट्दै आएको सर्वविदित छ । सो कथ्यलाई स्थानीयले स्विकार गरेका छन् ।
…अनि बुङ्गो बन्यो वन
तीन दशक पूर्व सुकुम्बासी बस्तीको कब्जामा जानलागेको भूमि जोगाएर बनाएको बाटिका (वन) मा प्राविधिक शिक्षालय बन्नलागेको खबरले स्थानीयमा अत्यास निम्त्यायो ।
आफ्नो गाउँमा प्राविधिक शिक्षालय बन्नलागेको खबरले स्थानीय निकै हर्षित छन् । यद्यपी सो गाउँको मर्दा पर्दाको काठ दाउरा घास स्याउलाको आश्रय रहेको उक्त बाटिका नरहने कुराले क्षुब्धता पैँदा हुन्छ ।
…अनि ११ मंसिरको ३ बजे पछि हुन्छ, रुख विरुवाको सोत्तर । आफुहरुले लगाएको बोट बिरुवा प्राविधिक शिक्षालय बन्दा कहाँ कस्ले लान्छ रु कसैकालागि किन छोड्ने लगायतका मनोभाव सहित एकाध स्थानीयले रुख काट्न थालेपछि गाउँ र आसपासबाट आफन्त तथा चिनजानका समेतको हुलले गौरीघाट सामुदायिक बाटिका क्षणभरमै बुङ्गो बन्यो ।
प्रायः खयर र सिसमका बोट बिरुवा भएको गौरीघाट सामुदायिक बाटिका प्राविधिक शिक्षालय बन्नलागेको खबरले क्षणभरमै रित्तो (नाङ्गो) भयो ।
जो उँहि वर्षौदेखि स्थानीयको काठ दाउराका सारथी रहेको थियो, एउटा हल्लाले क्षणभरमै भङ्गार बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले थालेको अध्ययन अनुन्धानबाट सुरुमा १३९ पछि २५ थप गरि १६४ खयर र सिममका रुख काटिएका छन् ।
जिम्मेवार भन्छन् यसो…
वन वरपर बस्ने स्थानीयले खयर तथा सिसमको रुख काटेको गौरीघाट सामुदायिक बाटिका (वन) की अध्यक्ष कुमारी बोहराको दाबा छ । यद्यपी तर रुख काट्नेहरुको पहिचान भने हुँन नसकको अध्यक्ष बोहराले बताउछिन् ।
बस्तीको बिचमा रहेको वन क्षेत्रबाट स्थानीयले आफुहरुलाई मर्दा–पर्दा घास दाउरा तथा स्याउलाकालागि आवश्यकता अनुसार लैजाने गरेको उँनि बताउछिन् । सो कारण समेत वन क्षेत्र संरक्षण गर्न समस्या भएको अध्यक्ष बोहराको गुनासो छ ।
११ मंसिर अर्थात् जुन दिन उक्त सामुदायिक बाटिकाबाट रुख काटिए, सो दिनमा आफू धनगढी अस्पतालमा उपचार गर्न गएको अध्यक्ष बोहराले बताइन् । आफू गाउँमा नभएको समयमा वन पुरै सखाप पारेको उनले बताइन् ।
यस्तै, वडा अध्यक्ष घुम्मन रानाले मंसिर ११ गते वडा कार्यालयमा आफू नरहेको समयमा रुख काटिएको वडा अध्यक्ष घुम्मन रानाले बताए ।
आफूले रुख काटिएको खबर प्रहरीबाट थाहा पाएको रानाले बताएका छन् । ’म त्यो दिन वडामा थिएन, मैलै रुख कटान भएको सूचना प्रहरीबाट थाहा पाएको हुँ,’ उनले भने, ’मैले वन क्षेत्रमा पुग्दा रुखहरू काटिएका थिए । कसले काट्यो भन्ने थाहा भएको छैन । वनले अनुसनधान गर्दैछ । यसमा संलग्न उपर अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ ।’
‘स्थानीयहरुले नै प्राविधिक शिक्षालय बन्नेहल्लाको भरमा वनका रुखहरु काट्यो भन्ने कुरा बाहिर सुनिन्छ’ अध्यक्ष राना भन्छन्, ‘तर क–कस्ले काट्यो भन्दै कोहि मुख खौल्दैनन ?’
अख्तियारको चाँसो
गौरीघाट सामुदायिक बाटिका (वन) क्षेत्रबाट रुख काटिएको घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
अवैध रुपमा रुख काटिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको हो ।
उक्त घटनामा डिभिजन वन कार्यालय कञ्चनपुरले समेत वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर अनुसन्धान थाल्दैछ ।
गौरीघाट सामुदायिक बाटिकामा रुख कटानको विषयमा अख्तियार र डिभिजन वन कार्यालयले सक्त अनुसन्धान थालेको जनाएका छन् ।


