-गणेश जोशी ।
महेन्द्रगर । सुदूरपश्चिम विश्वविद्यालयका समाजिक कार्य (बिएसडब्ल्यू) सातौँ सेमेस्टरका विद्यार्थीहरूले विपद् व्यवस्थापन तथा स्थानीय समुदायका समस्याबारे जनचेतनामुलक सडक नाटक सम्पन्न गरेका छन् । सोमबार भीमदत्त–१४ खैरभट्टीमा विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
भएको हो ।

१२ दिने ‘फिल्डवर्क’का क्रममा विद्यार्थीहरूले समुदायका समस्या, जोखिम र चुनौतीहरूको अवलोकन गरी संकलित तथ्यका आधारमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण विषयमा जनचेतनामूलक नाटक प्रस्तुत गरेका हुन् । नाटकमा समुदायले भोगिरहेको समस्या, त्यसले निम्त्याउने जोखिम र सम्भावित समाधानका उपायहरू प्रस्तुत गरिएको हो ।

उक्त सडक नाटक कार्यक्रमको अध्यक्षता समाजिक कार्य (बिएसडब्ल्यू) विषय शिक्षक अमित कुमार यादवको अध्यक्षता, भीमदत्त–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाको प्रमुख आतिथ्यता एवं मानविकी तथा सामाजिक शास्त्र संकायका प्रमुख वीर बहादुर सिंहको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सडक नाटकबाट स्थानीय जनता थप सचेत हुँन पुगेको प्रतिक्रिया पाइएको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष देवकोटाले विद्यार्थीहरूको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता क्रियाकलापले स्थानीय समस्याप्रति जागरूकता बढाउन सहयोग पुग्ने बताए ।



