महेन्द्रनगर । फोटोग्राफी मार्फत समाजसेवामा तत्लिन युवा डीपी भट्टले जन्मदिनको अवसरमा रक्तदान गरेका छ्न । दारी ग्याङ लगायतका विभिन्न संस्थाहरूसँग आवद्ध रही सामाजिक कार्य गर्दै आएका भट्टले बुधबार जन्मदिनको अवसरमा रक्तदान गरेका हुन ।

नेपालका पर्यटकीय स्थलहरूलाई चिनाउनकालागि डिपी फोटोग्राफी मार्फत योगदान गर्दै आइरहेका डिपी भट्टले आफ्नो हरेक जन्मदिनको अवसरमा रक्तदान,अनाथाल तथा बृदाश्रमहरुमा फलफुल लगायत सामग्रीहरु वितरण गर्दै आइरहेको बताए ।

बुधबार जन्मदिनको अवसरमा भट्टले रेडक्रस शाखा महेन्द्रनगरमा पुगेर रक्तदान गरेको बताए । फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा आफ्नो रगतले कसैको ज्यान जोगिन्छ अर्थात केहि टेवा पुग्छ भन्ने हेतुले रक्तदान गरिएको उनले बताए ।



