कञ्चनपुर । पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीकी ७५ वर्षीया लक्ष्मी तामाङलाई सर्पले टोकेर घाइते भएकी छन्।

साँझ करिब ५:५० बजे घरमा काम गर्ने क्रममा दाहिने हातमा सर्पले टोकेपछि उनी घाइते भएकी हुन्।

घाइते तामाङलाई पचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



