कञ्चनपुर । कञ्चनपुरबाट ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१ भासीका सुरेन्द्र भण्डारीको घरमा जुवातास खेलिरहेका भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठकसहित ९ जना पक्राउ परेका हुन्।

उनीहरुलाई नगद ५५ हजार १५ रुपैँया र ८ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।



