बेदकोटमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, डेढ लाखभन्दा बढी नगद बरामद

प्रकाशित:

कञ्चनपुर । बेदकोट नगरपालिका–९ कोल्डस्टोरस्थित अम्बै कटेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जना पक्राउ गरेको छ।

मिति २०८२ असोज २७ गते साँझ ७:३० बजे गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रु १ लाख ६९ हजार ९३५ नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कटेजका सञ्चालक बिकास बमको कटेजमा  जुवा खेलिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार