आभास डटकमकी सञ्चालिका पत्रकार कुँवर सम्मानित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवरलाई खेलकुद क्षेत्रका विषयहरू निरन्तर उठान गर्दै खेलाडी र खेलकुदको वृद्धि–विकासमा योगदान पुर्‍याएको कदरस्वरूप सम्मान गरिएको छ।

झण्डै ६ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएकी कुँवर आभास डटकमकी सञ्चालिका, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी जिल्ला सदस्य पनि हुन्। उनले समसामयिक घटनाक्रम र उठान गर्दै आएकी छिन ।

सम्मान ग्रहण गर्दै कुँवरले यसले आफूलाई थप सामाजिक जिम्मेवारी बोध गराएको बताइन्। उनले भनिन्, “यो सम्मानले मलाई अझै जिम्मेवार र ऊर्जावान् बनाएर अघि बढ्न प्रेरणा दिएको छ।”

उनी सम्मानित भएपछि सहकर्मी पत्रकार  र शुभेच्छुकको तर्फबाट हार्दिक बधाई र शुभकामना पाएकी छन्।

ताजा समाचार

सम्बन्धित समाचार