मनकारी वडाध्यक्षः प्रत्येक वर्षको तलब भत्ता दशैं तिहारमा जनतालाई, आर्शिवाद दिँदै घर फर्किए बुढा आमा-बुवा

प्रकाशित:

महेन्द्रनगर । दुःखी, पीडित, असहाय तथा वृद्धवृद्धाको पीडामा मलम लगाउँने मध्येका एक व्यक्ति हुन्, भुन्टु कुवँर । मनोहर मनका (आसेफ) भुन्टु भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष हुन् ।

०७४ को स्थानीय निर्वाचनमा पहिलोपटक र ०७९ मा दोस्रो पटक वडाध्यक्षमा पुनरावृत भएका भुन्टुले आफ्नो सम्पुर्ण तलब–भत्ता निरन्तर स्थानीय दुःखी, पीडित, बेसहारा, अपांग, बालबालिका एवं वृद्धवृद्धाहरुको हितकालागि वितरण गर्दै आएका छन् ।

बिशेषतः भुन्टुले नेपालीहरुको महान पर्व दर्शै तिहारको पुर्वसन्ध्यामा आफ्नो तलब–भत्ता स्थानीयमा वितरण गर्दै आएका छन् । यद्यपी उनले अन्य समयमा पनि व्यक्तिगत रुपमै स्वरोजगार, औषधी उपचार, खाद्यान्नकालागि स्थानीहरुलाई सहयोगका हात बढाइरहेका हुन्छन् ।

सोमबार वडाध्यक्ष कुँवरले दुई सय ६८ जना स्थानीय दुःखी, पीडित, असहाय तथा वृद्धवृद्धाहरुलाई आफ्नो सम्पुर्ण तलब–भत्ता वितरण गरेका हुन् ।

नेपालीहरुको महान पर्व विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा उनले बृद्धबृद्धा र पुर्ण अपांगता भएकाहरुलार्इ एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन् ।

सम्पुर्ण वडावासीहरुमा खुशीयाली छाएको छ ।
क्रमशः…

 

ताजा समाचार

सम्बन्धित समाचार