काठमाडौं । आज बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला रु। २ लाख १७ हजार १०० र प्रति १० ग्राम रु. १ लाख ८६ हजार १३० पुगेको छ।

चाँदीको मूल्य पनि बढेर प्रति तोला रु.२ हजार ६२० र प्रति १० ग्राम रु. २ हजार २४६ पुगेको छ।

शुक्रबार सुनको मूल्य प्रति तोला रु. २ लाख १६ हजार र चाँदी प्रति तोला रु. २ हजार ५८० रहेको थियो। यसअनुसार, सुन र चाँदीको मूल्य क्रमशः रु. १ हजार १०० र रु.४० ले वृद्धि भएको छ।
