संविधानको समर्थनमा जेनजीले भोलि माइतीघरमा प्रदर्शन गर्ने

प्रकाशित:

काठमाडौं । जेन जीको एउटा समूहले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । संविधान दिवसको अवसरमा माइतीघर, मण्डलामा जेन जीहरूले प्रदर्शन गर्ने भएका हुन् ।नेपालको संविधान २०७२ को रक्षार्थ प्रदर्शन गर्न लागिएको एक सदस्यले बताए ।

उनका अनुसार अब मुलुकको निकास विद्यमान संविधानबाटै खोजिनुपर्ने भन्दै प्रदर्शन गर्न लागिएको हो ।
यो संविधानभन्दा बाहिर जानलाई आफूहरूले आन्दोलन नगरेको ती सदस्यले बताए ।

उनले भने, ‘हामीले यही संविधानबाट निकास खोज्नुको विकल्प छैन । संविधानमा दयाँबाया भयो भने अर्को ठूलो आन्दोलन गर्छौं ।’ साथै निर्धारित मितिमै अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनुपर्ने पनि यो समूहको माग छ । भोलि असोज ३ गते संविधान दिवस हो । बिहान ११ प्रदर्शन हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार