महेन्द्रनगर । भदौ २३ र २४ गते भएका जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि स्वरूप आज (असोज १ गते) राष्ट्रिय शोक मनाइँदै छ ।

गत भदौ ३० गते बसेको मन्त्रिपरिषद बैठकले मृतकको सम्झनामा असोज १ गतेलाई राष्ट्रिय शोकका रूपमा मनाउने निर्णय गरेको हो । सोहीअनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास–नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

सरकारले शोकदिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ ।



