काठमाडौं । सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्सम्म पुगेका ४० वटा प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार ती ४० वटा प्रस्ताव सम्बन्धित मन्त्रालयलाई पुर्नविचार गरेर प्रस्ताव गर्ने निर्णय भएको छ ।
