कञ्चनपुरमा निर्माणको नेतृत्वकालागि भट्टको प्यानल घोषणाः व्यवसायिक प्यानल भएको दाबी

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं जिल्ला अधिवेशनबाट नेतृत्व छनौटकालागि निरञ्जन प्रसाद भट्टले प्यालन घोषणा गरेका छन् । निर्माण व्यवसायी संघको अध्यक्ष समेत रहेका भट्टले शनिबार आफ्नो नेतृत्वमा पुनः प्यानल सहित चुनावी मैदानमा होमिएको पत्रकार सम्मेलन मार्फत घोषणा गरेका हुन् ।

आगामी २० र २१ भदौंमा हुँने संघको १५ अधिवेशनमा भट्टको नेतृत्वमा पदाधिकारीहरुको टुंगो सहित प्यानल घोषणा गरिएको हो । संघका सम्पुर्ण पुर्व अध्यक्ष एवं सल्लाहकारहरुको जम्बो समर्थनमा भट्टको नेतृत्वमा प्यानल घोषणा गरिएको उपाध्यक्षका आकांक्षी दिपक भट्टले बताए ।

उक्त प्यानलको अध्यक्ष पदमा निरञ्जन प्रसाद भट्ट, वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्द, उपाध्यक्षमा दिपक भट्ट, महासचिवमा योगेन्द्र ठगुराठी, सचिवमा ब्रिज किशोर चन्द, कोषाध्यक्षमा तेज बहादुर चन्द र सह–कोषाध्यक्षमा हेम बहादुर महरा सहित प्यानल घोषणा गरिएको छ । सदस्यहरुमा समेत को–को रहनु भन्ने तय भइसकेको अध्यक्षका उम्मेदवार भट्टले बताए ।

आफ्नो कार्यकालमा निर्माण व्यवसायीहरुका समस्या निमिट्यान्न पार्नकालागि अहोरात्र खटाइले नै व्यवसायीहरुकै सरसल्लाह र अनुरोधमा आफु नेतृत्वमा दोहोरिन लागेको अध्यक्षका उम्मेदवार भट्टको दाबी छ । ‘मैले विगतमा संकट, समस्यामा परेका व्यवसायीको हकहितका साथै पेशागत सुरक्षाका लागि गरेको कामको आम निर्माण व्यवसायीले मुल्याङकन गरेका छन, ‘उनले भने, ‘अहिले पनि उहाँहरु नै मलाई अघि सारेका छन, फेरी आम व्यवसायीका लागि सहयोग गर्छु ।’

सत्ता गठबन्धनकै प्रभावमा निर्माण व्यवसायी संघमा प्यानल घोषणा गरिएको हो, कि भन्ने सञ्चारकर्मीहरुको प्रतित्तरमा अध्यक्षका उम्मेदवार भट्टले भने, ‘हाम्रो प्यानल व्यवसायीक हो, व्यवसायीहरुको हकहितका लागि हो ।’
आफ्नो प्यानल विभिन्न राजनीतिक दलमा आस्था राख्ने सशक्त निर्माण व्यवसायीहको साँझा थलो र व्यवसायीक हकहितको पक्षमा रहेको अध्यक्षका उम्मेदवार भट्टले बताए ।

भट्ट प्यानललाई संघका पुर्व केन्द्रीय सदस्य-सल्लाहकार देखि सम्पूर्ण पुर्व अध्यक्षहरु, संघ र प्रदेशका सल्लाहकारहरु लगायतको समर्थन रहेको छ । शनिवार घोषणा सभामा पत्रकार सम्मेलनमै उनिहरुले भट्ट प्यानललाई समर्थन सहित शुभकामना दिएका हुन् ।

निर्माण व्यवसायी महासंघका पुर्व केन्द्रीय सदस्य प्रेम सिंह भण्डारी, महासंघका वर्तमान बिशेष आमन्त्रीत केन्द्रीय सदस्य एवं संघका निवर्तमान अध्यक्ष प्रेम प्रकाश भट्ट, पुर्व अध्यक्षहरु लोक बहादुर ठकुराठी, गजेन्द्र बहादुर चन्द, भुवन भट्ट, रामदत्त लेखक, धर्मानन्द भट्ट,  निर्माण व्यवसायी संघ कंचनपुरका पुर्व सल्लाहकार गजेन्द्र थापा लगायत भेट्रान अग्रज व्यवसायीहरुको भट्ट प्यानललाई समर्थन रहेको छ ।

त्यस्तै उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी गणेसदत्त जोशी, पदमराज बोहरा लगायतका निर्माण व्यवसायीहरुको समर्थन सहित बलियो उपस्थिती रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार